लेखनाथ सामुदायिकद्वारा ह्विल चियर प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
Lekhnath Samudayek Sewa Kendra

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–२७ ले आफ्नो १६ औं स्थापना दिवस अवसरमा पोखरा २७ का लोकनाथ सापकोटालाई ह्विल चेयर र नगद हस्तान्तरण गरेको छ ।
इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरीक्षक मेघनाथ चापागाईले सामुदायिक सेवा केन्द्र र प्रहरीबीच सहकार्यका कारण विभिन्नखालका सामाजिक विकृति र दुर्घटना नियन्त्रण गर्न सफल भएको बताए । उनले संस्थाले गरेको कार्यको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्न सफल रहोस् सदीक्षा व्यक्त गरे ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश ओझाले स्वागत र सचिव कृष्ण अधिकारीले सञ्चालन गरेका थिए ।
यसैबीच, संस्था स्थापना दिवसकै अवसरमा संस्थाले शनिबार कार्यालय परिसरमा दीपावली गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थापक अध्यक्ष मोती गिरी, वडा ३० का वडा सदस्य सोमलाल कँडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width