वृद्धाश्रमलाई खाद्य सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
khadya samagri

लेखनाथ । पोखरा ३२, कालिका पुन मगर युवा क्लबले राधाकृष्ण वृद्धाश्रमलाई खाद्य सामग्री प्रदान गरेको छ । क्लबका अध्यक्ष कुमार पुन र नेपाल पुन मगर संघका अध्यक्ष तुलबहादुर पुनले आश्रमका अध्यक्ष प्रेम लिगललाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।
खाद्य सामग्री चामल, दाल, नुन, तेल, मसला लगायत करिब ६० आश्रितलाई ३ महिनासम्म पुग्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेपाल पुन मगर संघका अध्यक्ष तुलबहादुर पुनले वृद्धाश्रममा सहयोग गर्नु आफ्नो समाजको सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width