पोखरा । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई कसैले हराउँछ भने पार्टीभित्रैबाट मात्र हराउन सकिने बताएका छन् । उनले भने, ‘काँग्रेस एक भएको खण्डमा कसैले पनि हराउन सक्दैन । हाम्रो पार्टीलाई हराउँछ भन्ने आफैंले हराउने हो । यदि हामी एक भयौ भने संसारको कुनै पनि तागतले हराउन सक्दैन ।’
काँग्रेस पोखरा वडा १७ ले आइतबार आयोजना गरेको दसैं तिहारको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले पार्टीको महाधिवेशन मिति नजिकिएको उल्लेख गर्दै सबै जना एक भएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले भने, ‘चुनावमा हारजीत हुन्छ । पार्टीभित्रको चुनावी परिणामलाई तिक्तताको रुपमा लिनु हुँदैन । जित्ने पनि मात्तिने काम गर्नु हुँदैन । हार्नेले पनि सहज रुपमा हार स्वीकार गर्नुपर्छ ।’
काँग्रेस प्रजातान्त्रिक पार्टी भएको दोहो¥याउँदै उनले प्रजातान्त्रिक तरिकाबाट चुनावमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । ‘पार्टी सभापतिसहित पदाधिकारीमा भरसक सहमति हुनुपर्छ । नसके प्रजातान्त्रिक तरिकाबाट स्वस्थ प्रतिस्पर्धा हुनेछ,’ देउवाको भनाइ थियो ।
उनले पोखरा गण्डकी प्रदेशको राजधानीमात्र नभै नेपालकै पर्यटकीय राजधानी भएको बताए । उनले कोरोनाले थलिएको यहाँको पर्यटन क्षेत्र अब बिस्तारै चलायमान हुँदै जाने अपेक्षा समेत गरे ।
पार्टीलाई ५० लाख रुपैयाँ चन्दा दिएका पोखरा १७ निवासी समाजसेवी लीलाभक्त आचार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताए । उनले भने, ‘अरुले पार्टीबाट के लिने भन्ने सोच्छन्, तर उहाँले पार्टीलाई नै यति ठूलो रकम सहयोग गर्नुभएको छ । उहाँबाट प्रेरणा लिनुपर्छ ।’ त्यसक्रममा आचार्यलाई सभापति देउवाले सम्मान गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी लगायतले सम्बोधन गरेका थिए ।
गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा समारोहका लागि आएका पार्टी सभापति एवं प्रधानमन्त्री देउवा आइतबार पोखरामै बसेका छन् । उनले साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेट गरी भोलिपल्ट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरी काठमाडौं फर्किने काँग्रेस कास्कीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१