Worldlink ads

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि क्यासललाई

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
futsal2233

पोखरा, २२ असोज । राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोट्र्स क्यासलले जितेको छ ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा काठमाडौंको शंखमुल फुटसललाई ४–२ गोलअन्तरले हराउँदै क्यासलले उपाधि जितेको हो । क्यासलले जीतसँगै १० लाख रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गर्‍याे।

क्यासलले खेलको छैटौं मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । २० औं मिनेटमा क्यासलका किशोर गुरुङले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल गर्‍याे । २१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाए पनि जीत हात पार्न सकेन । क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो । क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए । उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए । यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधि जित्छौँ भन्नेमा’ उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’

विधागततर्फ:
उत्कृष्ट आला: मणि लामा (शंखमुल)
उत्कृष्ट गोलरक्षक: अनिष श्रेष्ठ (कप्तान शंखमुल)
उत्कृष्ट फिक्सो: विजय श्रेष्ठ (फुटसल ५ धरान)
उदियमान खेलाडी: सुमित श्रेष्ठ (स्पोट्र्स क्यासल)
उत्कृष्ट प्रशिक्षक: विष्णु गुरुङ (स्पोट्र्स क्यासल)

Related News

सम्बन्धित समाचार

    • साफ फाइनलमा नेपाल बन्यो उपविजेता, भारतसँग ३–० गोलले पराजित

      आदर्श समाज सम्वाददाता असाेज ३१, २०७८
      पोखरा ।  भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ। साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले…
    • चेन्नई सुपर किंग्सलाई चौथो पटक आइपिएल  उपाधि

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      पोखरा । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ। यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले…
    • मर्दी हिमाल फुटसललाई उपाधि

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      लेखनाथ । लेखनाथ जेसीजले दसैं अवसरमा आयोजना गरेको जेसीज फुटसल कप–२०७८ उपाधि मर्दी हिमाल फुटसल क्लबले हात पारेको छ ।…
    • तेक्वान्दो संघको शुभकामना तथा सम्मान

      आदर्श समाज सम्वाददाता असाेज २२, २०७८
      पोखरा । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिले दसैंतिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा बिहीबार शुभकामना…
    • दौडमा सेनाको वर्चश्व

      आदर्श समाज सम्वाददाता असाेज २२, २०७८
      पोखरा । विभागीय नेपाली सेनाले १० किलोमिटर खुला महिलापुरुष दौड प्रतियोगितामा वर्चश्व जमाएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads