हिमालयको रक्तदानमा ३९ युनिट संकलन

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७८
himalayan blood~2

हेमजा । हिमालय बचत तथा ऋण सहकारी संस्था, पोखरा २५, हेमजाको ९ औं वार्षिकोत्सव अवसरमा मंगलबार रक्तदान कार्यक्रम भएको छ ।
रक्त सञ्चार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । वडाध्यक्ष शोभाकर तिम्सिनाले कार्यक्रम उद्घाटन गर्दै रक्तदान कार्यक्रमको निरन्तरताको कामना गरे । उनले सहकारी लगानीमार्फत कतिपय किसान आत्मनिर्भरताको बाटोमा लम्केको पनि बताए ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद त्रिपाठीले हेमजावासीलाई आत्मनिर्भरतातर्फ लम्काउने उद्देश्य साथ संस्था स्थापना गरिएको जनाउँदै उक्त उद्देश्य हालसम्म आंशिकमात्रै पूरा भएको औंल्याए ।
संस्थाका सल्लाहकार माधवशरण पौडेलले सहकारीको महत्वमाथि प्रकाश पारे। क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रतिनिधि अर्जुन ज्ञवालीले रक्तदानको औचित्यमाथि पुष्टि गरे ।
संस्थाका अध्यक्ष राजेन्द्रबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक भरतराज अधिकारीले स्वागत तथा सचिव मेघराज त्रिपाठीले सञ्चालन गरे ।
यसैबीच, सहकारीले मंगलबार नै हेमजास्थित मानव सेवा आश्रममा खाद्यान्न तथा भाडाकुँडा सहयोग पनि गरेको छ । साँझ कार्यालय परिसर अगाडि दीपावली गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width