गण्डकीको बर्खे अधिवेशन आज अन्त्य हुँदै

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७८
Gandaki Pradesh Sabha parle

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि अन्त्य हुनेभएको छ । अहिले चलिरहेको प्रदेश सभाको बैठकमा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाको पत्र पढेर सभामुख नेत्रनाथ अधिकारीले बर्खे अविधेशन अन्त्य भएको घोषणा गर्ने छन् ।

यसअघि सोमबार बसेको गण्डकी प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। बैठकले नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम असोज ५ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

अहिले संसदामा प्राइभेट फर्म दर्ता सम्बन्धी र प्रदेश सभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकमाथि दफावार छलफल भइरहेको छ । यी दुई विधेयक आजै पारित हुनेछन् ।

Related News

सम्बन्धित समाचार

  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…
  • जेसीज सप्ताहमा रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । पोखरा जेसीजको जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन खुला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम…

hero news full width