मगर संघ, सिंगा इकाइ अध्यक्षमा कृष्ण

आदर्श समाज सम्वाददाता
असाेज १, २०७८
magar sangh~sajan 2

म्याग्दी । नेपाल मगर संघ बेनी नगरपालिका ४, सिंगा वडा इकाइ अध्यक्षमा कृष्णबहादुर घर्तीमगर चयन भएका छन् । तातोपानीमा भएको सातौं अधिवेशनबाट उपाध्यक्ष चित्रबहादुर गर्बुजा, सचिव कौप्रसाद बुढाथोकी, कोषाध्यक्ष खिरमाया पुन, सहसचिव बलबहादुर श्रीस मगर चयन भए । सदस्यहरु हिरामती थापा, अनीता घर्ती, सशीला पुन, बलबहादुर घर्ती, खरिमाया पुन, खमिसरा रोका, अस्मिता थापा र लालबहादुर रोकामगर छन् ।
समिति सल्लाहकारमा टेकबहादुर फगामी, पालमति जुग्जाली, मनबहादुर रोका, टेकबहादुर पुन र प्रेम श्रीसमगर चयन भए ।
यसैबीच मीना गर्बुजाको संयोजकत्वमा ५ सदस्यीय सांस्कृतिक संघ उपसमिति गठन गरिएको छ । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य तथा मगर संघ बेनी नगरपालिका ८ वडा इकाइ अध्यक्ष हिराबहादुर पुनले नयाँ कार्यसमिति पदाधिकारीहरुलाई बधाई दिँदै छरिएर रहेका मगर समुदायहरु एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम सञ्चालन निवर्तमान सचिव मीना गर्बुजा र कौप्रसाद बुढाथोकीले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width