पोखरा । तमु परिवार न्युयोर्क इन्कले बतास फाउन्डेसनलाई ५ लाख २० हजार सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहत् अक्सिजन प्लान्ट स्थापनाका लागि समाजले फाउन्डेसनलाई सहयोग गरेको हो ।
सहयोग बराबरको चेक बिहीबार तमु परिवारतर्फबाट पोखरा १० का अध्यक्ष राजकुमार गुरुङले बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासलाई हस्तान्तरण गरेका हुन् । अमेरिका न्युयोर्कमा एक दशकदेखि तमु परिवार क्रियाशील छ । न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले अत्यावश्यक अक्सिजनको विषयमा बतासको ध्यान केन्द्रित हुनु सकारात्मक रहेको भन्दै समाजले सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए । तमु परिवार न्युयोर्कले कोरोनाकालमा गण्डकी मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा निशुल्क खाना खुवाउन ५० हजार आर्थिक सहयोग गरेको थियो । बतास फाउन्डेसनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आइसियु बेड थप्नका लागि पहल गरेको हो । फाउन्डेसनले ‘रु. १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने उद्घोषका साथ आर्थिक संकलन अभियान चलाएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जनाएका छन् ।
अस्पतालमा अक्सिजन प्लान्टका लागि ५ करोड अनुमानित बजेट लाग्ने छ । अक्सिजन प्लान्ट प्रदेशकै ठूलो हुने र दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको हुनेछ । गत जेठमा सुरू भएको आर्थिक संकलन अभियानमा अहिलेसम्म ३ करोड ७ लाख रूपैयाँ संकलन भइसकेको छ । कोभिड–१९ को दोस्रो लहर सँगै स्वास्थ्य संकट उत्पन्न हुँदा अस्पतालमा अक्सिजन अभाव भएपछि मानवीय संवेदनशीलताको मध्यनजर गर्दै विभिन्न दाताले आर्थिक सहयोगमा चासो देखाएका थिए । बतासलाई अक्सिजनमा उत्साह दिन विभिन्न संघसंस्थाले आर्थिक सहयोग प्रदान गरिरहेका छन् ।
फाउण्डेसनले बनाउने भनिएको प्लान्ट निर्माण कार्य ढिला भएकाले चौतर्फीरुपमा चासो व्यक्त गरिएको थियो । बतासले भने प्रक्रिया अघि बढिसकेको तर प्लान्टका सामान आउन ढिला भएका कारण केही समस्या भएको दाबी गरेको छ । फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट स्थापनाका लागि समिति बनेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी संरक्षक रहेको उक्त आयोजनामा ओटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल कोषाध्यक्ष छन् ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१