पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा घुम्न नयाँ प्याकेज ल्याइएको हो ।
पोखरा बसाइँ छोटो छ तर धेरै ठाउँ घुम्न चाहनेलाई होटलकै पर्यटक बोक्ने गाडी तथा महँगो शुल्क लिने भाडाको ट्याक्सीबाहेक अर्को कुनै उपाय छैन । तर पछिल्लो समय घोषित प्याकेजमा ८ घण्टामा पोखरा उपत्यकाको प्रमुख पर्यटकस्थलमा घुमाउने गरी बस सेवा सुरु हुँदैछ ।
पोखराबाट काठमाडौं तथा लुम्बिनीसम्म लामो दूरीमा बस सेवा दिइरहको स्विफ्ट होलिडेले पोखराको रमणीय ठाउँ घुमाउने गरी ६ सय रुपैयाँमा एकदिने प्याकेज ल्याएको हो । असोज १ देखि सुरु हुने उक्त सेवा हरेक दिन बिहान ८ बजे लेकसाइडको हल्लनचोकबाट सुरु भइ साँझ ५ बजे सकिने छ ।
स्विफ्ट होलिडेका मार्केटिङ म्यानेजर प्रदीप भट्टका अनुसार पर्यटकलाई हल्लनचोक हुँदै फिस्टेल गेटबाट लिएपछि विन्ध्यवासिनी मन्दिर भ्रमण गराएर सराङकोट पुर्याइनेछ । त्यसपछि वेगनासताल पुर्याएपछि त्यहाँ पर्यटकले अवलोकन गरेपश्चात दिवा खाना खाने छन् । बेगनासपछिको गन्तव्य शान्ति स्तुपा, शिव मन्दिर, पातले छाँगो, गुप्तेश्वर गुफा, रातो पहिरोस्थित बन्जी जम्प रहनेछ ।
अन्त्यमा, फेवाताल सिरान पामे लगेर १ घण्टाको विश्रामपछि हल्लनचोक र फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने उनले बताए । चौबिस सिट क्षमताको २ बसका ठूला झ्यालबाट पर्यटकले वाह्य दृश्यको मजा लिन सक्ने छन् । बस टिकट इसेवाबाट समेत काट्न सकिने छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१