लायन्स पोखरा गण्डकी दोभानको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७८
lions dovan

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी दोभानले पोखरा २४, कास्कीकोट मौजामा खाद्य सामग्री वितरण गरेको छ । क्लबले त्यहाँका ९ घरपरिवारका अति विपन्न, अपांगता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा एवं सुस्त मनस्थिति भएका व्यक्तिलाई दाल, चामल, तेल, आँटा, नुन लगायत खाद्य सामग्री वितरण गरेको हो ।
बाल दिवसकै दिन भएको सो कार्यक्रममा स्थानीय ४० जना बालबालिकालाई स्टेसनरी सामान, मास्क, सेनिटाइजर समेत वितरण गरिएको क्लब अध्यक्ष सरु थापाले जानकारी दिइन् ।
प्रमुख अतिथि लायन्स क्लब इन्टरनेस्नल डिस्ट्रिक्ट ३२५ बि १ नेपालका रिजन–१० का रिजन चेयर पर्सन अमृत बरालले समाजमा लायन्स गरेका कार्यको बारेमा प्रकाश पारेका थिए । उनले लायन्स पोखरा गण्डकी दोभान पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको भन्दै अझ प्रगतिको कामना गरे ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लता थापा कुँवर, जोन चेयर पर्सन सरला तिमिल्सिना, स्थानीय समाजसेवी टीकाराम त्रिपाठी, पोखरा २४ की जनप्रतिनिधि मीना नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लब अध्यक्ष सरु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विद्या गिरी र सञ्चालन सचिव चन्द्रु रानाभाटले गरेका थिए । महिलामात्र आबद्ध सो क्लबमा हाल ३५ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width