दमौली । नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको भन्दै चिन्ता लिनु नपर्ने बताएका छन् । आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले माधवकुमार नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा जानेलाई पिलोको पिपको संज्ञा दिँदै उनले भने, ‘ पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेकोमात्रै हो । माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो । अब नेकपा एमाले स्वच्छ बन्छ,’ उनले भने, ‘ शरीरमा कहिलेकाहीं पिलो आउँछ अनि फुटेर पिप बग्छ । अहिले त्यस्तै भएको हो । यसमा चिन्ता लिनुपर्ने कुरै छैन ।’
पार्टीमा भएको पिलोको पिप बगेपछि एमाले स्वच्छ हुने भन्दै पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई गुरुङले आग्रह गरे । गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उनको भनाइ थियो । विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लगेको भन्दै उनले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे । उनले भने, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो । सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन ।’ जनादेशबाट होइन जालझेलबाट सरकारबाट हटाइएकाले चुनावबाट यसको जवाफ दिने उनले दाबी गरे । ‘चुनाव त आओस् जवाफ दिनुपर्छ, एकमुष्ट, थोक जवाफ दिनेछौं,’ पूर्व मन्त्रीसमेत रहेका गुरुङले भने । गएको चुनावमा तनहुँ एमालेको लालकिल्ला रहेको बताउँदै उनले आगमी चुनावमा समेत लालकिल्ला बन्ने दाबी गरे । नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्माले बिग्रिएका मान्छेले पार्टी छोडेको बताउँदै पार्टीलाई कुनै असर नभएको बताए ।
कार्यक्रममा १ सय ८ जनाले नेकपा एमाले पार्टी प्रवेश गरेको जिल्ला सचिव भगवती न्यौपानेले जानकारी दिइन् । पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एकबहादुर राना, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलगायतले एमालेलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१