११ लाखलाई निःशुल्क मास्क

रासस
भाद्र २६, २०७८
maski 2

काठमाडौं । प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता ९दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण०को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ ।

मुख्यगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो । “मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो”, प्रवक्ता कुँवरको भनाइ छ ।

प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई रु’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो । आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ अभियान चलाएको हो । यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लङ्घन गर्ने २५ जनालाई रु दुई हजार ५०० जरिवाना गरिएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width