२० जिल्लामा ५ सय बढी संक्रमित

रासस
भाद्र ११, २०७८
Corona Banner

काठमाडौं । नेपालमा शुक्रबार एकै दिन २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय १७ जनामा परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमित ३७ हजार ५ सय ९९ रहेका छन् । त्यस्तै ५ सयभन्दा बढी संक्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा १ हजार ३ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ७ लाख ८ हजार २ सय ३० निको भई घर फर्किएका हुन् ।
संक्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६ सय ६३ को कोरोनाबाट निधन भएको छ ।
यस्तै ६ सय २२ सघन उपचार कक्ष (आइसियु), १ सय ७१ भेन्टिलेटर, ३४ हजार ६ सय ७३ होम आइसोलेसन, २ हजार ९ सय २३ संस्थागत आइसोलेसन र ३ सय ३७ संक्रमित क्वारेन्टिनमा छन् ।
शुक्रबार एकैदिन १ लाख ७९ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख ६३ हजार ५ सय २२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width