गण्डकीमा २८८ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ८८ जना संक्रमित थपिएका छन् । ९ सय ४१ जनाको नमुना परीक्षण गरिएकोमा ३०.६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।
कास्कीमा ८२ जना पुरुष तथा ९३ जना महिला गरी १ सय ७५ सहित म्याग्दीका ३१, गोरखाका १७, लमजुङका ९, तनहुँका २५, बागलुङका २, स्याङ्जाका २१ र नवलपुरका ८ जना संक्रमित भएका हुन् । मनाङ, मुस्ताङ र पर्वतमा शून्य संक्रमित हुँदा प्रदेशका बाँकी ८ जिल्लामा १ सय ४० पुरुष तथा १ सय ४८ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७८ हजार ७ सय ५७ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ सय ७८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७२ हजार ५ सय ११ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पिसिआर परीक्षणमा आइतबार थप १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७३ परीक्षणबाट २१८ जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५ सय १६ परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशका ३ सहित स्याङ्जाका २, तनहुँ र म्याग्दीका १÷१ जना संक्रमित भएका हुन् ।
कास्कीको पोखरा महानगरलिका १४ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १७ का ८२ वर्षीय पुरूषको नमस्ते अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पोखरा २६ का ५१ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । पोखरामा उपचारको क्रममा दुखद् निधन भएको छ । तनहुँको व्यास नगरपालिका २ की ६९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।
यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका २ का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । स्याङजाकै पुतलीबजार नगरपालिका ६ का ७० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा निधन भएको हो । म्याग्दीको मालिका गाउँपालिका ५ का ७८ वर्षीय पुरूषको बेनी अस्पताल, म्याग्दीमा उपचारको क्रममा ज्यान गएको हो ।
योसँगै कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २ सय ३९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width