झन बढ्दै कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । प्रदेशमा संक्रमितसँगै कोरोनाकै कारण मृत्यु हुनेको संख्या उकालो लागेको छ । सरकारले गरेको स्मार्ट लकडाउन र अव्यस्थीत भीडले संक्रमणदर बढिरहेका छन् । भने संक्रमणमुक्त हुने भने घटेका छन् । संक्रमणदर बढेकै कारण पोखराका २ सरकारी अस्पतालहरुमा बेड पाउन मुस्किल परिसकेको छ । केन्द्र मातहत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेशले संचालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा बेड पाउन गाह्रो छ । भने धेरै जसो संक्रमितहरुलाई अक्सिजनको आवश्यक पर्ने भएका कारण पनि अक्सिजनको माग बढ्न थालेको छ ।
गण्कडी प्रदेशमा सोमबार पनि ६ सय ५६ जना संक्रमित थपिएका छन् । १ हजार ३ सय ३९ जनाको नमुना परिक्षण गरिएकोमा ४८.९९ प्रतिशतमा पोजेटिभ देखिएको हो । कास्कीमा सबैभन्दा बढि संक्रमित रहेको छन् । कास्की २ सय ३१ संक्रमित हुँदा सबैभन्दा कम तनहुँमा ६ र पवर्तमा ७ जनामा संक्रमित भएका हुन् । मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा गोरखामा १ सय ६१ जना थपिएका हुन् । यसैगरी बाग्लुङमा ९०, नवलपुरमा ८२, स्याङ्जामा ५१, म्याग्दी र लमजुङमा १४/१४ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ६८ पुगेको छ ।
सोमबार प्रदेशमा ६ सय १६ जना कोरोनामुक्त भएसँगै गण्डकीमा कोरोना निको हुनेको संख्या ६८ हजार ९ सय ७२ पुगेको छ ।
प्रदेशमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्कीमा ६ सहित स्याङ्जाका २, नवलपुर र तनहुँमा १/१ जनाको ज्यान गएको छ ।
कास्कीको पोखरा महानगरपालिका ३३ की ५५ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १६ का ६२ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा महानगरपालिका २६ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पोखरा १६ का ६३ वर्षीय पुरूषको पनि संक्रामक तथा सरूवा रोग अस्पतालमा निधन भएको हो । पोखरा १३ का ७७ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।
यसैगरी कास्की कै पोखरा महानगरपालिका २४ की ४१ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङजाको गल्याङ नगरपालिका ५ का ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङजा कै पुतलीबजार नगरपालिका २ का ७० वर्षीय पुरूषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरको कावासोती नगरपालिका १६ की ७८ वर्षीया महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । तनहुँको घिरिङ गाउँपालिका १ का ८१ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षणमा सोमबार थप २ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ५१८ परीक्षणबाट ८८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ६११ परीक्षणमा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग