गण्डकीमा थप १० संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७८
Gandaki-Map

गण्डकीमा थप १० कोरोना संक्रमितको मत्यु भएको छ । यो संख्या पछिल्लो एक महिनायताकै उच्च हो । यसअघि साउन १४, २१ र २९ मा २४ घण्टा अवधिमा ९/९ जना संक्रमितको मृत्यु भएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जनाएअनुसार कास्कीका ५ सहित नवलपुर, गोरखा, बाग्लुङ, म्याग्दी र स्याङ्जाका १/१ गरी थप १० जनाको ज्यान गएको छ । तीमध्ये पोखरा २८ का ६० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरा ५ का ९२ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पतालमा निधन भयो । यस्तै, पोखरा १७ का ६० वर्षीय पुरूषको होम आइसोलेसनमै ज्यान जाँदा पोखरा १६ का ४८ वर्षीय पुरूष र पोखरा १० का ९० वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गयो ।
उता, नवलपुर देवचुली १० की ५० वर्षीया महिलाको पुरानो मेडिकल कलेज, चितवनमा मृत्यु भयो । गोरखाको भीमसेन थापा गाउँपालिका ८ का ७२ वर्षीय पुरूष, बागलुङ १२ की ६४ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गयो । स्याङ्जा पुतलीबजार २ की १६ वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा, म्याग्दी बेनी नगरपालिका ३ की ८२ वर्षीया महिलाको मेडिप्लस अस्पताल, पोखरामा मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८० पुगेको छ ।
प्रदेशमा शनिबार थप ३ सय १७ संक्रमित थपिए । तीमध्ये १ सय ४८ महिला छन् । ८ सय ६७ नमुना परीक्षणमा ३६.५६ प्रतिशतमा कोरोना देखिएको हो । कास्कीमा १ सय ९६, नवलपुर ४०, तनहुँ ३५, बागलुङ २७, स्याङ्जा १५, लमजुङ, गोरखा, म्याग्दी र पर्वतमा १/१ जना संक्रमित थपिए । प्रदेशमा सक्रिय संक्रमित संख्या ६ हजार १ सय २ पुगेको छ । शनिबार ५ सय ८ संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ६८ हजार २४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग