काठमाडौं । वितेका २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् ।
हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।
थप २० को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ७९५ बढी सङ्क्रमित
काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ ।
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१