गण्डकीमा थप ९ संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमित संख्या बढेसँगै ज्यान गुमाउने पनि बढेका हुन् । अघिल्लो दिन बिहीबार ७ जनाको मृत्यु भएको थियो ।
शुक्रबारको तथ्यांक अनुसार कास्कीका ४, नवलपुर र तनहुँका २/२ तथा गोरखाका १ जनाको मृत्यु भएको छ । तीमध्ये पोखरा १४ का ७९ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । साउन १४ र २१ मा पनि ९ जना संक्रमितको ज्यान गएको थियो । यो संख्या एक महिनायताकै उच्च हो ।
पोखरा ८ की ३८ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा, पोखरा १४ का ७५ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचार क्रममा ज्यान गयो ।
कास्की माछापुच्छ«े १ का २८ वर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज पोखरामा र गोरखा पालुङटार ४ की ५८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा निधन भयो ।
यसैगरी, चितवन मेडिकल कलेजमा नवलपुर मध्यविन्दु ७ का ४२ वर्षीय पुरूष र मध्यविन्दु ८ का ७१ वर्षीय पुरूषको निधन भयो । तनहुँ व्यास ४ का ८८ वर्षीय पुरूषको होम आइसोलेसनमै ज्यान जाँदा व्यासकै वडा ४ निवासी ४० वर्षीया महिलाको शुक्रबार दमौली अस्पतालमा मृत्यु भयो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७० पुगेको छ ।
गण्डकीमा शुक्रबार ४ सय ७४ संक्रमित थपिए । १ हजार २ सय २३ जनाको नमुना परीक्षणमा ३८.७५ प्रतिशतमा कोरोना देखिएको हो । सबैभन्दा बढी कास्कीमा १ सय ८८ र सबैभन्दा कम पर्वतमा ३ जनामा कोरोना पोजेटिभ भएको हो । मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा नवलपुरमा ६५, स्याङ्जा ६१, गोरखा ५४, बागलुङमा ५१, लमजुङमा १८, तनहुँ र म्याग्दीमा १७÷१७ जना संक्रमित भएका हुन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३ पुगेको छ । प्रदेशमा थप ६ सय ९ संक्रमणमुक्तसँगै निको हुनेको कुल संख्या ६७ हजार ५ सय १६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग