दमौली । तनहुँको ऋषिङका बाढी पहिरो पीडित ४० घर परिवारलाई सिर्जनशील युवा मञ्चले राहत सामग्री वितरण गरेको छ । ऋषिङका बेग्लाबेग्लै ३ स्थानबाट प्रभावितलाई राहत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष पवन पौडेलले जानकारी दिए ।
पोर्चुगलमा रहेका दमौलीवासी युवाका तर्फबाट २० बोरा चामल तथा प्रभावित अपांगता भएका परिवारका लागि राष्ट्रिय एकीकृत विकास संघ निडामार्फत् प्राप्त २० बोरा चामल तथा तेल र चौधरी फाउन्डेसनमार्फत् प्रधान सप्लायर्सले प्रधान गरेको चाउचाउ वितरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रकृतिले दिएको पीडामा मलम लगाउने काम गरिरहेको गाउँपालिकालाई शुभेच्छुकबाट प्राप्त साथ र सहयोगले हौसला मिलेको बताए । ‘हामी प्रभावितलाई आवश्यकताअनुसार स्थानान्तरण र अरु सहयोगका लागि तयार छौं,’ उनले भने । उनले ऋषिङलाई सम्झेर टाढा टाढाबाट सघाउने संस्था र पहल गर्ने मञ्चप्रति विशेष आभार प्रकट गरे ।
गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले यातायातको कठिनाइका बाबजुद गाउँमै राहत ल्याइपुर्याएको भन्दै आभार प्रकट गरिन् । वडाध्यक्ष जंगवीर आलेले धेरै परिवार प्रभावित भएकाले सबैलाई राहत दिन नसकिएको अवस्थामा मञ्चको पहलले मद्दत मिलेको बताए ।
मञ्चका अध्यक्ष पौडेलले कृषिबालीमा क्षति पुगेका परिवारलाई वैकल्पिक व्यवस्था नगरिए आगामी वर्ष खाद्यसंकट आउन सक्ने भन्दै क्षति भएको ठाउँमा पुन खेती हुने वातावरण तयार पारिदिन आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१