पदभार ग्रहणसँगै मन्त्री शर्माका २ निर्णय

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
mantri manibhadra

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा. महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेललगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै उनले २ वटा महत्वपूर्ण निर्णय गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । पर्यटन व्यवसायीका लागि १ करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।
त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीलाई उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उनले भने, सेवाग्राहिको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।’

Related News

सम्बन्धित समाचार

hero news full width