साउन । मन खिन्न पारेर धान झुल्ने खेतमा पाती फुलेको हेर्न विवश छन् व्यास ६ लोधका ६७ वर्षीय ज्येष्ठ नागरिक रत्नबहादुर थापा । । कात्तिकमा पहेंलपुर धान हुने खेतमा पातीघारी भएको देख्दा निराश छन् उनी । गाउँ रित्तिदै गएपछि खेतीयोग्य जमिन बाँझै छन् । गाँउमा मोटर बाटो, बिजुली, खानेपानीको सुविधा त थपिँदै छन् तर आफना आवश्यकता पूरा गर्न र विलासिताका लागि मानिसहरु सहर केन्द्रित हुँदा खेत बाँझो हुँदै गएको थापा बताउँछन् । थापा सम्झिन्छन्,‘ रोपाइँ गर्न कुनै खेत बाँकी रहँदैनथे । सिँचाइँ नपुगेको ठाउँमा जताबाट भए पनि, आकाशे पानीको भल छोपेरै भए पनि टारी टाकुरामा समेत धान रोपिन्थ्यो ।’ उनले अघि सुनाए, ‘अहिले सिँचाइँ सुविधा भएको खेत पनि बाँझै छ । आफू बूढो भइयो, सक्ने भए सबै जोतेर रोपाइँ गर्थें ।’ मानो खाएर मुरीको रोपाइँ गर्ने असारमा रहरलाग्दो रोपाइँ र मंसिरमा सुनझैं देखिने धानको बाला झुल्ने खेत अहिले जंगलमा परिणत हँुदै गएको छ ।
पुर्खाहरुले आफ्नै पौरखले अन्नबाली उब्जाएर खाने खेत अहिले जंगल बन्दै गएको उनी बताउँछन् । आफ्नै खेत बारीमा उत्पादन गरेर फलाएको धान खाने किसान अहिले बाहिरबाट आएका चामल किनेर खान बाध्य भएको स्थानिय गोविन्द लामिछानेले बताए । उनले भने, ‘गाउँ घरमा पैदल ४/५ घन्टा लाग्ने कुलोको मुहानबाट पानी ल्याएर पनि खेतमा धान रोपेर धान फलाउने गरिन्थो । तर अब त्यो कथाझैं भइसकेको लामो दूरीको कुलो त के खोला किनार आसपासका खेतसमेत बाँझिन थालेका छन् ।’
हाल तनहुँमा १२ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ । जिल्लाका चुँदीरम्घा फाँट, साँगेफाँट, आँबुखैरेनीको बरादीलगायत १ दर्जन बढी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
जताततै धान खेती व्यक्तिगत रुपमा हुने गरेका भए पनि म्याग्देमा भने विपन्न समुदायका परिवारलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी सामूहिक धान खेतीमा जोडेकोे छ । म्याग्दे गाउँपालिका १ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले समूहमा आबद्ध सदस्यमध्ये ग र घ वर्गका विपन्न समुदायलाई सामूहिक खेतीमा जोड्न पहल थालेको हो ।
व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी २५ जना उपभोक्तालाई सामूहिक धान खेती गर्ने जिम्मा दिएको छ । ३६ रोपनी खेत र ८ लाख २५ हजार रुपैयाँमा बन्धकीमा लिएर समूहका गरिब वर्गका उपभोक्तालाई सामूहिक खेतीमा लगाएको समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
३ वर्ष अगाडिदेखि नै व्यक्तिको जग्गा बन्धकीमा लिएर समूहको नियम र कार्ययोजना अनुसार उपभोक्तालाई सामूहिक खेती गर्न प्रोत्साहन दिने गरेको उनले बताए । वन समूहमा आबद्ध विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराउन निवेदन आह्वान गर्ने र सोही अनुसार २५ घरधुरीलाई सामूहिक खेती गर्न दिने गरिएको छ । ‘सामुदायिक वनमा आश्रित सबै उपभोक्ताले लाभ लिन पाउनुपर्छ र विपन्न वर्गको उत्थानका लागि पनि समूहले काम गर्नुपर्छ’, अध्यक्ष खनालले भने । यो खेतमा वर्षमा ३ खेती गर्ने गरी वार्षिकरुपमा लक्षित वर्गका किसान पहिचानपश्चात सामूहिक खेती प्रणाली अगाडि बढाउँदै आएका छौं,’उनले भने । विगतमा ८४ मुरी ६ पाथी धान र करिब ६० हजार रुपैयाँभन्दा बढीको पराल बिक्री गरिएको अध्यक्ष खनालले बताए । किसानले यस खेतमा चैते धान, बर्खेधान तथा हिउँदको समयमा गहुँ, मुसुरो, केराउ, आलुजस्ता खेती गर्ने गरेका छन् । अध्यक्ष खनालले भने,‘ १ वर्षमा ३ पटक खेती हुन्छ । १ सिजनमा आलुलगायत अन्य नगदे बाली लगाइन्छ ।’ सामुदायिक वनले सञ्चालन गरेको यो अभियान गरिबी न्यूनीकरणको १ उदाहरणीय कार्य भएको सब डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाट बताउँछन् । उनले भने,‘ जिल्लाका अन्य सामुदायिक वनले यस्तै अभियान चलाएमा कुनै खेत पनि बाँझो रहने थिएन । अनि कसैले पनि चामल किनेर खानुपर्ने अवस्था आउने थिएन ।’ उनले अघि भने,‘ विपन्न वर्गको जीविकोपार्जनमा सहज सँगै एक ठाँउको जनशक्ति अन्य ठाँउमा प्रयोग गर्न सकिन्थो ।’ जिल्लामा धान उत्पादनमा वृद्धि आउन सकेको छैन । धानखेतीबाट मात्रै तनहुँ आत्मनिर्भर हुनसकेको छैन, आत्मनिर्भर हुन अझै ३ हजार टन धान उत्पादन वृद्धि गर्नुपर्ने तथ्यांकले देखाउँछ । अधिकांश खेतीयोग्य जमिन खाली राख्ने, प्लटिङ गर्नेलगायतका समस्याले गर्दा पनि उत्पादकत्वमा कमी आएको हुनसक्ने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी बताउँछन् । १ व्यक्तिलाई प्रतिवर्ष १ सय ९० किलोग्राम आवश्यक पर्ने हँुदा सबै प्रकारका खाद्यान्न प्रयोग गरेको हकमा भने आत्मनिर्भर बन्न सकिने तथ्यांकले देखाएको उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१