दमौली । व्यास ५, चापाघाटकी विष्णुमाया खनाल स्वास्थ्य स्वयंसेविका हुन् । उनी २८ वर्षदेखि यो क्षेत्रमा कार्यरत छिन् । वडाका महिला तथा बालबालिकाको स्वास्थ्यको लाागि मानिसका घरदैलोमै पुगेर उनले स्वास्थ्य सेवा दिन्छिन् । गाउँघरमा उनले राम्रो सम्मान पाउनुका साथै कतिपय ठाउँमा स्थानीयले उनलाई ‘डाक्टर’ समेत भनेरै बोलाउँछन् ।
उनी जस्तै व्यास नगरका १ सय ५ जना बिनापारिश्रमिक यस पेसामा लगातार लागिरहेका छन् । उनीहरूले गरिरहेको कामको मूल्यांकन गरी सकारात्मक सन्देश दिनुपर्ने भन्दै व्यास नगरपालिकाले बुधबार ६० वर्ष पुगेका १४ जना महिला स्वस्थ्य स्वसंसेविकालाई प्रोत्साहन रकमसहित बिदाइ गरेको छ ।
नगरपालिकामा विसं २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत १४ जनालाई जनही ३५ हजार प्रोत्साहन रकम सहित बिदाइ गरेको हो । स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानस्वरुप प्रोत्साहन रकमका लागि स्वास्थ्य कार्यालयले १ लाख र बाँकी ३ लाख ९० हजार नगरपालिकाले उपलब्ध गराएको थियो ।
बिदाइ हँुदै गर्दा व्यास नगर महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष समेत रहेकी खनालले बिदाइको घडीमा दुःख लागे पनि रोएर नभई हाँसी हाँसी जाने बताइन् । ‘सेवाको भावनासहित लामो समय काम गर्यौं, अझै पनि सेवा गर्ने चाहना थियो, सरकारको नीति बमोजिम उमेर हदपछि सेवाबाट अवकाश लिनैपर्ने बाध्य आयो,’ उनले भनिन् ।
बिदाइ भएका ठाउँमा नयाँ महिला स्वास्थ्य स्वयंसेविका छनौट गरिनेछ । नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, व्यास ५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले दोसल्ला, प्रशंसापत्र र नगद सहित महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेका हुन् ।
नगर प्रमुख न्यौपानेले सरकारको नीतिका कारण स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गर्नुपरेको बताउँदै सामाजिक र राजनीतिक काममा क्रियाशील हुन आग्रह गरे । उपप्रमुख जोशीले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् । वडाध्यक्ष एवं प्रवक्ता श्रेष्ठले सुविधा दिन नसकिए पनि निःशुल्क सेवा गर्न चाहेको खण्डमा नगरपालिकाले सदैव सहयोग गर्ने बताए ।
सम्मान सहित बिदाइ हुनेमा व्यास १ निवासी कल्पना घर्ती क्षत्री, व्यास २ कि शोभा पन्त, विष्णुमाया बुढाथोकी, व्यास ४ कि भगवती न्यौपाने, व्यास ५ कि गोमा खनाल, विष्णुमाया खनाल, व्यास ६ कि शान्तिशोभा न्यौपाने, व्यास ८ कि ईच्छामाया पराजुली, व्यास ९ कि माया गुरुङ (क), व्यास ११ कि हुमा राना, व्यास ११ कि विष्णुकुमारी श्रेष्ठ, व्यास १३ निवासी नन्दकुमारी आले र व्यास १४ निवासी कालीमाया थापा छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१