लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा पर्ने मैदीतालमा बनाइएको बाँधका कारण उत्तरी तटीय क्षेत्रको धानखेत डुबानमा परेको छ । पानीको निकासमा अवरोध भई धान खेत डुबानमा परेपछि किसानहरु आन्दोलित भएका छन् ।
उनीहरुले २१ असारमा नै मैदी ताल संरक्षण तथा विकास समाजमा डुबानमा परेको धानबालीको क्षतिपूर्ति पाउनुपर्ने र पानीको निकास सहज बनाउनुपर्ने मागसहित निवेदन दिएका थिए । गत सालदेखि डुबानबारे जानकारी गराउँदै समस्या समाधानका लागि अनुरोध गर्दा बेवास्ता गरेपछि माग पूरा गराउन दबाबमूलक गतिविधि गर्नुपरेको सचिव सोमराज त्रिपाठीले बताए ।
२०६९ सालको जेठमा तत्कालीन लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीको रोहबरमा ताल समिति र किसानबीच भएको सम्झौता कार्यान्वयनमा समेत किसानले जोड दिएका छन् ।
तर, मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेले किसानलाई असर पुर्याउने उद्देश्यले कुनै कार्य नगरिएको बताए । तर प्राविधिक कारण र अत्यधिक वर्षाका कारण पानीको सतह वढ्न गई केही किसानको धान खेत डुबानमा परेको उनको भनाइ थियो ।
तालको पानीको सतह घटाइने र पीडित किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने उनले बताए ।
सोमबार पीडित किसान र ताल समितिबीच छलफल भई समस्या समाधानका लागि दुवै तर्फबाट ३÷३ जना रहने गरी ६ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा ताल समितिको तर्फबाट भरतराज न्यौपाने, ऋषि त्रिपाठी, दुर्गादत्त अधिकारी र किसानहरुको तर्फबाट कीर्तिबल्लभ त्रिपाठी, सोमराज, सुशील त्रिपाठी छन् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१