काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ ।
समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गर्नुभएको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो ।
साथै उहाँले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताको काम समयमै टुङ्गो लगाउनसमेत निर्देशन दिनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।
समितिले हालसम्म १०७ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यतासम्बन्धी काम सम्पन्न भइसकेको र अन्य क्षेत्रको पनि निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि यही असार ३० गतेभित्र तोकेको छ । रासस
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१