संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

आदर्श समाज सम्वाददाता
असार २२, २०७८
oxygen plant before instlation

पोखरा । संक्रामक तथा सरूवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । एनआरएन बेल्जियम, पोखरा महानगरपालिका र पुरी फाउन्डेसन बेल्जियमबाट सहयोग प्राप्त अक्सिजन प्लान्ट सफलतापूर्वक जडान परीक्षण गरिएको अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए । निर्देशक डा. गौचनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन सिलिन्डरमा भएको पूर्ण परनिर्भरता घट्नेछ ।

अक्सिजन प्लान्टको उत्पादन क्षमता कति हुन्छ भन्नेबारे यकीन भन्न नसकिएको अस्पतालका सूचना अधिकारी केदारनाथ लामिछानेले बताए । हाइफ्लो अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था नहुँदा प्लान्टबाट उत्पादित अक्सिजनले माग थेग्ने उनको अनुमान छ । करिब १ करोड लागतमा अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना हुनु ठूलो सफलता भएको उनी बताउँछन् ।
अस्पतालका ५० बेडमा पाइपलाइनमार्फत अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । अहिले अस्पतालमा दैनिक ५० हाराहारीमा सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमा कुल १ सय ६० वटा अक्सिजन सिलिन्डर रहेको सूचना अधिकारी लामिछानेले बताए ।

अस्पतालका निर्देशक डा. गौचनका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गरी बिरामीलाई अक्सिजन दिइरहेको पाइपलाइनमा प्लान्टबाट उत्पादन भएको अक्सिजन जोड्ने तयारी भइरहेको छ । हाल बिरामीलाई सिलिन्डरमार्फत अक्सिजन दिइरहेको अवस्थामा तत्काल प्लान्टको अक्सिजनले थेग्न नसके समस्या आउन सक्नेतर्फ सचेत रहेको बताउँदै कहिलेदेखि नियमित प्रयोग हुन्छ यकीन नभएको उनले सुनाए । निर्देशक डा. गौचनका अनुसार अहिले परीक्षण र प्युरिफिकेसनको काम भइरहेको छ ।

टर्कीबाट आएका २ जना इन्जिनियरबाट समेत यकीन विवरण नपाएको निर्देशक डा. गौचनले उल्लेख गरे । नेपालमा सामान्यत इन्डियन र चाइनीज ब्रान्डका प्लान्ट प्रयोग हुने गरकोमा यो युरोपियन ब्रान्ड भएकाले यसको वास्तविक प्राविधिक विवरण प्राप्त नभएको उनको भनाइ छ । ‘दाताहरुलाई डिटेल कागजात विवरण उपलब्ध गराइदिन आग्रह गरेका छौं, त्यही विवरण हेरेर प्लान्ट पाइपलाइनमा जोड्नेछौं,’ उनले भने, ‘इन्जिनियरसँग कुराकानी गर्दै छौं ।’

‘दातासँग सुरुमा कुराकानी हुँदा ४ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने बताएको भए पनि पछि आएका विज्ञले सो क्षमताको नभएको बताए,’ उनले भने । दाताको भनाइअनुसार हुने हो भने दैनिक ७०÷८० ठूलो सिलिन्डर अक्सिजन उत्पादन हुनसक्छ तर त्यसअनुसार नभएको विज्ञको भनाइ छ ।

यसअघि अस्पतालले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड ३५ लाखमा टेन्डर गरेको थियो, ठेक्का लिएकाले ल्याउन नसकेकाले अब टेन्डर खारेज गरिने सूचना अधिकारी लामिछानेले जानकारी दिए । उनले भने, ‘अब हामीले अर्काे लिने कुरा भएन, हामीलाई काम चल्ने त यही भइहाल्यो नि ।’

प्लान्टबाट उत्पादित अक्सिजन सिलिन्डरमा भर्न भने सकिँदैन । सूचना अधिकारी लामिछानेले भने, ‘अहिले हामीसँग भर्नका लागि आवश्यक उपकरण छैन, अस्पतालमा अक्सिजन माग पनि उच्च छ, अक्सिजन भर्न उपकरण ल्याउन हामी पहल गर्छाैं ।’

संक्रामक तथा सरुवा रोग अस्पतालमा ५० बेड भनिए पनि बिरामीको चाप बढ्दा ५५÷६० जनासम्मको उपचार गरिएको अस्पतालका निर्देशक डा. गौचनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने बजेट उपलब्ध हुँदासमेत अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन । पछिल्लो समय बतास फाउन्डेसनको पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम समेत संकलन गरिएको थियो तर अझै लामो समय प्रतीक्षा गर्नुपर्ने भएको छ । धमाधम विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कहिले स्थापना होला र सेवाग्राहीले राहत पाउनेछन् अझै अनिश्चित छ ।

Related News

सम्बन्धित समाचार

  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…
  • जेसीज सप्ताहमा रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । पोखरा जेसीजको जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन खुला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम…

hero news full width