कांग्रेसको उद्योग तथा व्यापार विभागमा हरिराज

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
panta

पोखरा  । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनीत भएका छन् । पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।
उनी पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । लायन्स क्लबदेखि अन्य सामाजिक संघ/संस्थामा क्रियाशील उनले उद्योगी/व्यवसायीको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
‘निजी क्षेत्रमैत्री वातावरण निर्माणमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने, ‘खुला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसायमैत्री बनाउन नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’

Related News

सम्बन्धित समाचार

hero news full width