पोखरा । जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले शैक्षिक सामग्री कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत बैंकले बुधबार ती सामग्री हस्तान्तरण गरेको हो ।
कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले क्याम्पसलाई हस्तान्तरण गरिएका सााग्री थोरै जस्तो भए पनि महत्व धेरै रहेको बताए । उनले भने, ‘सहयोग सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ ।’ पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको बताए ।
बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।
बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए । रिजालले क्याम्पसका विविए, विविएस र एमविएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसीपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्था विचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए । क्याम्पसलाई प्राप्त कम्प्युटर र प्रोजेक्टरको परिमाण सानो आकारको भए पनि मन ठूलो रहेको तथ्यलाई स्मरण गर्दै सहयोगको सम्मान गर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबिच कार्यगत एकता हुनु सकारात्मक सन्देश हो, भावी दिनमा अझै हातेमाला गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइन मार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
डेल कम्पनीको ब्राण्डेड दुईथान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाज अधिकारी, र शाखा प्रबन्धक माधव रिजालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गरेका थिए ।
वि.सं. २०२४ सालमा स्थापित बैंकले ५४ वर्ष पार गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । अत्याधुनिक प्रविधिसँग जोडिएको बैंकले कृषि क्षेत्रलाई मात्रै होइन वाणिज्य क्षेत्रलाई समेट्दै आफ्ना प्रडक्ट ग्राहकको पहुँचसम्म पुर्याएको छ ।
क्याम्पसको सभाहलमा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व निर्देशक रघुनाथ अधिकारीले गरेका थिए भने सञ्चालन वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१