एसओएस आमाहरूको सहयोग

आदर्श समाज सम्वाददाता
असार ७, २०७८
rahat 3

पोखरा । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँबजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवं अपांगता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवं ३५ औं एसओएस दिवस अवसरमा उनीहरुले ५ जना दृष्टिविहीन र ११ जना शारीरिक अपांगता भएका परिवारलाई २५ हजार मूल्य बराबरको राहत सामग्री सहयोग गरेका हुन् ।
एसओएस बालग्राममा कार्यरत २४ जना आमाले संकलन गरेको रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, माक्स लगायत सामग्री खरिद गरी वितरण गरिएको लक्ष्मीदेवी बास्तोलाले बताइन् ।
निषेधाज्ञाको कारण रोजगारी गुमाएका र छाक बस्ने अवस्थामा पुगेका ती परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ घरमा १ सय ५३ जना बालबालिका छन् ।
दृष्टिविहीन पानुराम चौधरीले निषेधाज्ञाको कारण खाना समस्या छँदैछ, लामो समयसम्म घरभाडा तिर्न नसक्दा थप चिन्तित तुल्याएको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width