म्याग्दी । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले बेनी नगरपालिका–५, पुलाचौरका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले विनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरी कृषकलाई वितरण थालिएको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनिटेलर वितरण गरिने कृषि कार्यक्रमको उपभोक्ता समितिका अध्यक्ष कृष्ण कार्कीले बताए । ४७ हजार २ सय रुपैयाँ दरले २३ लाख ६० हजार लागतमा ४८ देखि ५० वटा यान्त्रिक हलो वितरण गर्ने लक्ष्य रहेको कार्कीले बताए ।
पुरुण्डीमा शनिबार एक कार्यक्रमबीच वडाध्यक्ष लक्ष्मण बानियाँ र सदस्य रामप्रसाद सुवेदीले यान्त्रिक हलो वितरण कार्यक्रम सुरु गरेका थिए । पहिलो दिन २० वटा वितरण गरिएको र बाँकी आइतबार वितरण गरिने छ । डडुवा, नयाँ गाउँ, चिप्लेटी र पुलाडाँडा क्षेत्रका कृषकलाई सामूहिक प्रयोग गर्ने गरी यान्त्रिक हलो उपलब्ध गराइसकिएको छ । बाँकी टोलका कृषकलाई पनि यान्त्रिक हलो उपलब्ध गराउने समितिले जनाएको छ ।
टोल विकास संस्थाको सिफारिसमा वडा कार्यालयले छनौट गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको हो । पछिल्लो समय गोरुको विकल्पमा कृषकले यान्त्रिक हलो प्रयोग गर्न थालेका छन् । छिटो हुने, गोरु पाल्न नपर्ने र झन्झट नहुने भएकाले यान्त्रिक हलोप्रति आकर्षण बढेको छ ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१