तत्काल खोप व्यवस्था गर्न कास्कीका ५ दलको माग   

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
Khop Photo 1

गण्डकी ।  कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।    रासस

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार   

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को…
    • स्याङजामा थपियो एकसाता निषेधाज्ञा

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा एक साता थप भएको छ । सोमबार १२ बजेदेखि सकिँदै गरेको निषेधाज्ञालाई पुनः १५ गते सम्मका…
    • शिशुवा कोभिड अस्पताललाई खाट सहयोग

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले शिशुवास्थित कोभिड अस्पताललाई १५ वटा खाट सहयोग गरेको छ…
    • विपन्न तथा अपांगता भएकालाई असल छिमेकीको राहत

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । असल छिमेकी नेपाल, पोखराले कोरोना महामारीको बेला जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिलाई खाद्यान्न सहयोग गरेको छ । संस्था…
    • ६५५ कोरोनामुक्त, ६ को मृत्यु

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये सोमबार ६ सय ५५ जना निको भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेको…

    hero news full width

    sanil ads

    wordlink ads