मनहरि त्रिपाठीकाे निधन

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
tr

पोखरा, २४ जेठ । कास्कीको साविक कालिकाका पूर्व प्रधानपञ्च ज्योतिषी मनहरि त्रिपाठीको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा सोमबार बिहान आफ्नै निवास कालिकामा निधन भएको हो । उनका ४ छोरा (विश्वमंगल, श्रीधर, दीपक, विद्याधर त्रिपाठी) र ३ छोरी छन्।

गोरखा दक्षिणबाहुबाट समेत विभूषित त्रिपाठी कालिकामा सबैका अभिभावक थिए।

यसैबीच, उनको निधनप्रति कांग्रेस कास्की सभापति कृष्ण केसी र नेपाल ज्योतिष परिषद गण्डकीका अध्यक्ष रामप्रसाद कोइराला र महासचिव कमल पौडेलले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।
आदर्श समाज दैनिकले समेत उनको योगदानको कदर गर्दै २०७१ सालमा सम्मान गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width