पोखरा । माछापुच्छ्रे गाउँपालिका २ स्थित सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाबाट सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत सार्दीखोला स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर निर्माणका लागि सरसफाइ, रङरोगन, वायरिङ, धारा जडान साथै अन्य विविध आवश्यक सामग्री खरिद गर्न ५४ हजार ९५७ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. २ मा गत ३१ वैशाखमा वडा समिति, टोल सुधार समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको संयुक्त बैठकले १० शड्ढयाको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको थियो ।
सार्दीखोला स्वास्थ्य चौकीमा आइसोलेन निर्माण जारी छ । सबै संघसंस्था तथा व्यक्तिहरुबाट पनि विभिन्न सहयोग जुटिरहेको छ । सोहीअनुसार सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाबाट सरसफाई, रङरोगन, वायरिङ, धारा जडान साथै अन्य विविध आवश्यक सामग्री खरिदको लागि रकम सहयोग गरेको हो । विगतमा पनि यस संस्थाबाट गरिब तथा विपन्न श्रमजीवीलाई राहत वितरण गरिएको थियो ।
सहयोग रकम सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्वजित गुरुङ, कोषाध्यक्ष रामप्रसाद आचार्य, लेखा संयोजक मीरा आचार्य र व्यवस्थापक बेगनाथ पौडेलले सार्दीखोला स्वास्थ्य चौकीका इन्चार्ज शिवबहादुर केसी र टोल सुधार समिति अध्यक्ष ओमप्रसाद गुरुङले हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१