हेमजा । पोखरा ४, गैह्रापाटनस्थित नेलम्बो नेपालले मंगलबार मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।
संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अभिनाश गौचनलाई सामग्री हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा पिपिइ १ सय थान, केएन ९५ माक्स ५ सय पिस, सेनिटाइजर ३० लिटर, १ सय थान फेस सिल्ड, ५ सय वटा वटा हात धुने साबुन गरी कुल २ लाख १० हजार बराबरका सामग्री प्रदान गरिएको हो।
सामग्री हस्तान्तरण गर्दै नेलम्बोका जनसम्पर्क अधिकृत भण्डारीले सम्बन्धित चौकीहरुमा छिटोभन्दा छिटो सामग्री पुग्ने विश्वास व्यक्त गर्दै संस्थाले गण्डकीका सबै जिल्लामा सक्दो सहयोग गर्ने बताए ।
सामग्री ग्रहण गर्दै गौचनले नेलम्बो नेपालले उपलब्ध गराएका सामग्रीहरु यथाशक्य छिटो आफ्नो गाउँपालिकामा पुर्याउने प्रतिबद्घता जनाए । उनले त्यहाँस्थित प्रत्येक वडाका स्वास्थ्य चौकीमा सामग्री पुर्याई त्यसको अभिलेख नेलम्बो नेपाललाई पेस गर्ने जानकारी पनि दिए । कोभिड १९ महामारीको यस विषम घडीमा आफ्नो गाउँपालिकालाई नेलम्बो नेपालले दोस्रो पटक सहयोग गरेको भन्दै उनले नेलम्बोको कार्य प्रशंसासमेत गरे ।
नेलम्बोले विगत ३ वर्षदेखि शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । जसअन्तर्गत पछिल्लोपटक अग्रपंक्तिमा खट्ने जनशक्ति लक्षित स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गर्दै आइरहेको छ । त्यस्तै उक्त संस्थाले स्थानीय तहसँग पनि समन्वयमा गरेको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१