पोखरा । गण्डकी प्रदेशमा सोमबार ६ सय ५३ जना कोरानामुक्त भएका छन् । आईतबार ६ सय ९९ जनाले कोरोना जितेकोमा केही संख्या घटेर ६ सय ५३ जना निको भएका हुन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जाँदा निको हुनेको संख्या बढिरहेको छ । आइतबार ९ सय ४६ संक्रमित हुँदा सोमबार घटेर ७ सय ४४ मा पुगेको हो । प्रदेशमा कोरोना निको हुनेको संख्या २४ हजार ४ सय २० पुगेको छ । नेपालभर ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
गण्डकी प्रदेशमा सोमबार ७ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ५५ पुगेको छ ।
प्रदेशमा सबैभन्दा बढि कास्कीमा २ सय ६३ र कम मनाङ र मुस्ताङमा २/२ जना थपिएका छन् । नवलपुरमा १ सय ६३, तनहुँमा १ सय ४ र स्याङ्जामा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार नै पर्वतमा ५९, म्याग्दीमा ३८, लमजुङमा २३, बाग्लुङमा २१ र गोरखामा ११ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालभर ७ हजार ४ सय २५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७ हजार २२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।
गण्डकीमा २० जनाको कोरोनाबाट मृत्यु
गण्डकी प्रदेशमा सोमबार २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५१ पुगेको छ । सोमबार स्याङ्जामा ६, बाग्लुङ र पर्वतमा ४/४, तनहुँ र रुपन्देहीमा २/२ साथै कास्की र मुस्ताङमा १÷१ जनाको मृत्यु भएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका ५ की ५३ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको सोमबार मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका १३ की ४६ वर्षीय कोरोना संक्रमित महिलाको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको निधन भएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका ७ का ४२ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा आईतबार ज्यान गएको हो । रूपन्देही कै बुटवल उपमहानगरपालिका १७ का ६४ वर्षीय पुरूषको पनि मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा आइतबार निधन भएको हो ।
यसैगरि तनहुँको बन्दिपुर गाउँपालिका १ का ५३ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ३३ वर्षीय पुरूषको कास्की मोडेल अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । बाग्लुङ नगरपालिका ४ की ५१ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बाग्लुङ कै काठेखोला गाउँपालिका ७ की ८० वर्षीया महिलाको धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरि बाग्लुङ के काठेखोला गाउँपालिका ८ का ५९ वर्षीय पुरूषको पनि धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बाग्लुङ नगरपालिका ६ का ५१ वर्षीय कोरोना संक्रमित पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङजाको वालिङ नगरपालिका ६ की ४२ वर्षीय कोरोना संक्रमित महिलाका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरि स्याङजा कै बिरूवा गाउँपालिका ४ का ३० वर्षीय पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङजाको भिरकोट नगरपालिका २ का ४४ वर्षीय पुरूषको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङजाको पुतलीबजार नगरपालिका ६ का ६७ वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो । स्याङजा कै वालिङ नगरपालिका ६ की ५४ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङजाको गल्याङ नगरपालिका ११ का ४५ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको लागि पोखरा ल्याउने क्रममा आइतबार मृत्यु भएको हो ।
पर्वको मोदी गाउँपालिका ८ की ५९ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । पर्वतको कुश्मा नगरपालिका ३ का ५३ वर्षीय कोरोना संक्रमित पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पर्वतको महाशिला गाउँपालिका ५ का ६९ वर्षीय कोरोना संक्रमित पुरूषकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा सोमबार निधन भएको हो । पर्वत कै जलजला गाउँपालिका २ का ६४ वर्षीय पुरूषको बेनी अस्पताल, म्याग्दीमा मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५१ पुगेको छ । नेपालभर सोमबार १ सय ८५ जनाको मृत्यु भएको छ । नेपालमा ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१