पोखरा । सञ्चारकर्मी सुरज आचार्यलाई वैशाख १० मा ढाड दुख्न सुरु भयो । सँगै पखाला चल्यो । ज्वरो आउने, घाँटी दुख्ने समस्याले बिस्तारै समायो । त्यतिमात्र नभएर टाउको फुट्ला जसरी दुख्यो । सामान्य रुघाखोकी होला भनी उनी आफ्नो कर्ममा खटिरहे । तर ३ दिनपछि उनले स्वाद र गन्ध नै थाहा पाउन छोडे । मनमा शंका पस्यो–कतै कोरोना त लागेन ? तत्कालै स्वाब दिए । र, सरासर गएर घरमै बसे । भोलिपल्ट वैशाख १३ मा रिपोर्ट आयो, ‘पोजेटिभ’ ।
स्याङ्जा हरिनास गाउँपालिका–१ घर भइ पढाइ सिलसिलामा पोखरा आएका आचार्यले दैनिक गुजाराका लागि रोजगारीमा होमिएका छन् । बचेको समय सञ्चारकर्ममा व्यस्त छन् । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टबारे सञ्चारकर्मी भएको नाताले पनि अलि बढी जानकार थिए । उनलाई लाग्थ्यो, ‘यदि कोरोनाले छोइहाले पनि जितिहाल्छु ।’
आफूमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अब भने पिरोल्न थाल्यो । विभिन्न लक्षण देखा परेपछि पहिले सोचेजस्तो सहज रैनछ भन्ने महसुस भयो । रिपोर्ट आएको केही घन्टा तनावमै बिताए । ‘ला ! अब के हुने हो ? को कसलाई स¥यो होला ? परिवारलाई के भन्ने ? समाजले के भन्ला ?’ जस्ता नानाथरि प्रश्नले पिरोल्न थाल्यो ।
आफू अब सकिने भएँ भन्ने छटपटीले छोडेन । पोखरामा सामान्य रोजगारी गरेर जीवनयापन गरेका उनलाई अस्पताल जाने सोच आएन । होम आइसोलेनमै बस्ने निधो गरे । सँगै दिदी र भाञ्जी पनि भएका कारण खान पकाएर खान कुनै समस्या भएन । दिदी र भान्जीमा पनि कुनै लक्षण देखिएन ।
दिनकै १ लाख खर्च कसरी धान्ने भन्ने भयो । साह्रै भए पनि होम आइसोलेसनमै बसेर कोरोना जित्ने प्रण गरे ।
होम आइसोलेसनमा बस्दा श्वास फेर्नै गाह्रो भएको उनी बताउँछन् । तर अस्पताल गएनन् । ‘किन ?’ आदर्श समाजको जिज्ञासामा उनले भने, ‘दैनिक समाचारमा सुनिने, देखिने र पढिने शीर्षक थियो, ‘एक दिनमै लाख बढी खर्च ।’ दिनकै १ लाख खर्च कसरी धान्ने भन्ने भयो । साह्रै भए पनि होम आइसोलेसनमै बसेर कोरोना जित्ने प्रण गरे । श्वासप्रश्वासमा समस्या हुँदा अनुलोम विलोमलगायत गरे ।
संक्रमण पुष्टिपछि ३/४ दिन अप्ठेरोमा बिताएका आचार्यलाई क्रमिक सुधार हुँदै गयो । त्यसपछि सामाजिक सञ्जाल हेर्ने, रेडियो सुन्ने र टिभी हेर्ने काम बन्द गरे । धेरैको फोन आए पनि सीमितको मात्र उठाउने गरे । त्यति गर्दा पनि केही तनाव घटेको उनले बताए । कोरोना संक्रमण भएपश्चात चिन्ताले बिहान ५ बजे नै उठेर शारीरिक व्यायाम गर्ने सुरु गरेको उनी बताउँछन् । बिहानमा ४ गिलास कागतीपानी पिउन थाले । यसबाट उनलाई उत्साह थपिन्थ्यो । ध्यान गर्ने, भजन सुन्न थाले । केही थान गीत पनि रेकर्ड गराएका आचार्यले दिउँसोतिर गीत लगाएर आफँै नाच्ने र संक्रमित साथीहरुसँगै मोबाइलमार्फत नचाउन थाले । गफिएर बस्न थाले । यसबाट उनमा संक्रमण जित्न सकिन्छ भन्ने प्रेरणा थप्यो ।
अल्लि विसेक हुन थालेपछि वैशाख ३० गते दोस्रो स्वाब दिए । रिजल्ट पोजेटिभ नै देखियो । उनले सोही दिनचर्या दोहो¥याए । औषधीको रुपमा घरेलु औषधीमा जोड दिए । केही मात्रामा हस्पिटलको औषधी पनि सेवन गरे । संयोजवश जेठ ५ मा उनले कोरोना जिते । रिपोर्ट नेगेटिभ आयो । त्यो बेलासम्म उनमा कुनै समस्या थिएन । उनी अहिले फुरुङ्ग छन् । भन्छन्, ‘वनको बाघले खाओस्–नखाओस मनको बाघले खान्छ ।’ यसैले पनि धेरै संक्रमितलाई निको हुन समय लागेको उनी आंकलन गर्छन् ।
कोरोना संक्रमितलाई आत्मबल नघटाउन उनको सुझाव छ । ‘सबैभन्दा ठूलो कुरा आत्मबल नै रहेछ,’ उनी भन्छन्, ‘यो बेला समाज अनि परिवारका सदस्यको साथ आवश्यक छ । सहयोग भए थप आत्मबल बढ्छ ।’
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१