मन्त्री मनाङेले लिए सपथ

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
manage sapath

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई सपथ खुवाएकी हुन् ।

मनाङेलाई जेठ ५ गते मुख्यमन्त्री गुरुङले ५ मन्त्रीलाई नियुक्त गरेका थिए । सोही दिन ४ मन्त्रीले सपथ लिए ।

मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।

विपक्षीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रश्ताव दर्ता गराएपछि गुरुङले बैशाख २६ मा राजीनामा दिए ।

तीन दिनभित्र गठबन्धनले सरकार बनाउन नसकेपछि गुरुङ नै ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भए ।

कोभिड संक्रमणका कारण आइसोलेसनमै रहेका उनले १ साता पछि मन्त्री मण्डल विस्तार गरेका थिए ।

वैशाख १६ गते मनाङेलाई आफ्नो सत्ता सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलो पटक मन्त्री बनाएपनि गुरुङको राजीनामा पछि १० दिनमै पद गएको थियो ।

उनै मनाङेलाई दोश्रो पटक निरन्तर मन्त्री बनाइएको हो । गुरुङ सरकारमा पूरानै अनुहार छन् । त्यति मात्रै होइन, ७ मन्त्रालय रहेको गण्डकीमा गुरुङले फुटाएर ११ वटा मन्त्रालय बनाइदिए ।

Related News

सम्बन्धित समाचार

hero news full width