पोखरा । माओवादी केन्द्रका नेता वर्षमान पुनले शुक्रबार मध्यराति दुवै नेताको प्रधानमन्त्री बन्ने दाबी खारेज गरेर राष्ट्रपतिबाट डकैती भएको आरोप लगाएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।
मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिइन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो ।
मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ ।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
Related News
सम्बन्धित समाचार
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१