दमौली। दमौली अस्पतालकी मेडिकल अफिसर सुप्रिता श्रेष्ठको सहितको टिमले खुलेर सास लिन नपाएको एक साता बढी भयो । अस्पतालको कोभिड वार्डमा संक्रमितको उपचार गरेरै उनीहरुको दैनिकी बित्छ । ‘संक्रमित थपिएका थपियै छन् । छटपटाएर गाह्रो भएर उहाँहरु आउनु हुन्छ,’ श्रेष्ठले भनिन्, ‘बल्लतल्ल बेड व्यवस्थापन गर्छौं । कोरोना जितेपछि खुसी भएर घर फर्किनु हुन्छ । अनि हामीलाई खुसी लाग्छ ।’
अक्सिजन सहितको १६ बेडबाट सुरु गरिएको सो अस्पतालमा अहिलेसम्म २५ बेड सहितको आइसोलेसन बनाइएको छ । अहिले २१ संक्रमितको उपचार भइरहेको छ । ३ संक्रमित निको भइ घर फर्किएका छन् । श्रेष्ठले भनिन्, ‘सुरुसुरुमा संक्रमितले बेड भरिँदा इमर्जेन्सी वार्डमा राखेर पनि उपचार ग¥यौं । एक जना सन्चो भएमात्र अर्कोले बेड पाउने अवस्था पनि सिर्जना भयो ।’
कोभिड वार्डमा हाल ४ चिकित्सक र ४ स्टाफ नर्स सेवामा खटिएका छन् । स्वास्थ्यकर्मी राजेश क्षत्रीले आफ्नो अनुभव सुनाउँदै भने, ‘रोगसँग भन्दा पनि समाजसँग डराउनुपर्ने अवस्था आयो । संक्रमित नभएका व्यक्तिबारेमा समेत हल्ला फैलिँदा रहेछन् ।’
स्वास्थ्यकर्मीलाई संक्रमित नहुँदा पनि संक्रमितसरह व्यवहार गरेको अनुभव राजेशसँग छ । उनले भने, ‘घरमा जाँदा पनि डर लाग्छ । दिनभरि अस्पतालमा बिरामीको सेवा गरेर बित्छ ।’ आफ्नो घरमा ९ महिनाको छोरासहित जीवनसंगीनी छन् ।
राजेशले अघि भने, ‘मेरो हालसम्म ३ पटक पिसिआर परीक्षण गरेँ । लक्षण देखिएमा डर लाग्छ अनि होम आइसोलेसन बसेर रिपोर्टको प्रतीक्षा गर्छु । रिपोर्ट नेगेटिभपछि खुसी लाग्छ । फेरि बिरामीको सेवामा लाग्छु ।’
दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई स्थानीय तह, प्रशासनले प्रोत्साहन र सम्मान गर्नु आवश्यक छ ।
सोही अस्पतालकी स्टार्फ नर्स दिक्षा वाग्लेलाई केही समय घाँटी दुख्यो । भित्र भित्रै मन तरङ्गीत हुँदै गयो । कतै कोरोनाले त भेटेन ? आफनो कोरोना परीक्षणको लागि स्वाव दिईन् । रिपोर्ट पोजेटिभ आयो । १६ दिन होम आईशोलनमा बसेपछि सन्चो भयो । पछि घाँटी दुख्न पनि छोड्यो । उनले भनिन्,‘केही लक्षण देखिएमा डर लाग्छ, अनि रिपोर्टको प्रतिक्षा गर्छु । उनले थपिन्,‘ यो पटक पोजेटिभ आयो, होमआईशोलेसन बसे रिपोर्ट नेगभेटिभ आएपछि फेरी आफनो कर्म तिर लागें ।’
दमौली अस्पतालमा पहिलो पल्ट कोरोना संक्रमित उपचारार्थ भर्ना हुन आउँदा अस्पतालले भर्ना नलिँदा ज्यान गुमाउनुपरेको घटना सार्वजनिक भयो । सो घटनापछि अस्पतालले कुनै लापरबाही नगरेको दाबी गर्दैे अन्य संक्रमितको भर्ना लिएर उपचार थालेको हो ।
अस्पतालमा संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख लागतमा प्लान्ट निर्माण अघि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले जानकारी दिए । प्लान्ट निर्माणपछि दैनिक १० अक्सिजन सिलिन्डर उत्पादन गर्न सकिने बताइएको छ । यसरी दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई स्थानीय तह, प्रशासनले प्रोत्साहन र सम्मान गर्नु आवश्यक छ ।
शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा पनि संक्रमितको उपचार हुँदै आएको छ । अक्सिजन सहितको ३० बेड रहेको केन्द्रमा ८ संक्रमितको उपचार भइरहेको केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा संक्रमित थपिने बित्तिकै संक्रमितको सेवामा खटिन्छन्, स्वास्थ्यकर्मी । स्वास्थ्य अवस्था सामान्य भएको खण्डमा होम आइसोलेसनलाई प्राथमिकता दिइएको छ । हरेक स्थानीय तहले पनि संक्रमित राख्न सामूहिक आइसोलेसन बनाएका छन् ।
सो केन्द्रमा भेन्टिलेटर, आइसियु र अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले ९ करोड विनियोजन गरेको छ । अस्पतालमा ५ भेन्टिलेटर, १० आइसियु बेड जडान र अक्सिजन प्लान्ट जडान गरिनेछ । भेन्टिलेटर र आइसियुका लागि ६ करोड र अक्सिजन प्लान्ट तथा अक्सिजन उत्पादन पूर्वाधारमा ३ करोड बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१