भोज र जमघट कोरोना सङ्क्रमणको कारक

रासस
जेठ ५, २०७८
corona

सांकेतिक तस्बिर

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्नमा विवाहलगायतका भीडभाडका कार्यक्रम प्रमुख कारकका रुपमा देखिएका छन् ।

पछिल्लो समयमा प्रदेश भित्रका विभिन्न जिल्लामा विवाह, ब्रतबन्ध, चौरासी पूजा, रुद्रीलगायत समाजमा हुने विभिन्न शुभकार्यमा हुने जमघट र त्यससँगै जोडिएका भोजभतेर एवं दाहसंस्कार जस्ता कार्यक्रमका भीडभाडले डरलाग्दो किसिमले सङ्क्रमण बढाएको हो ।

बागलुड जिल्लाको वडिगाड गाउँपालिका वडा नं। ४ का एकैघरका चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । विवाहमा सहभागी भएका उनीहरूको एक हप्ता भित्रै मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु, ५१ र ४० वर्षीय दुई छोरा तथा ५३ वर्षीय छोरीको मृत्यु भएको हो । सोही विवाहमा भोज खाएकी उक्त गाउँकी ७७ वर्षीय महिलाको पनि मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । सो विवाहमा सामेल ४८ जनाको पिसिआर परीक्षण गरिएकामा ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

पोखरा महानगरपालिका–२१ मा विवाहमा लगायत विभिन्न सांस्कृतिक कार्यमा सहभागिमा १०३ जनामा कोरोना सङ्क्रमण देखियो । विवाहमा सम्मिलित जन्तिमात्र नभइ रत्यौली खेल्ने महिला, कर्मकाण्ड गर्न गएका पण्डितलाई समेत कोरोना सङ्क्रमण भएको पाइयो ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ झोवाङमा वैशाख महिनामा विवाह, रुद्री, ब्रतवन्धका साथै चौतारी र पोखरीको समेत विवाह भयो । त्यस्ता धार्मिक कार्यक्रममा गाउँलेका साथै टाढाबाट आफन्तजन पनि सहभागी बनेका थिए ।

महिना भरिनै जन्ती जाने, रत्यौली खेल्ने, ब्रतबन्धलगायत कार्यक्रम निरन्तर चले, कतिपय त भोलिपल्ट प्रीतिभोजमा समेत सम्मिलित भए । त्यस्ता रमाइला कार्य गर्दा सजगता नअपनाएकै कारण गाउँभरि कोरोना संङ्त्रलमण फैलियो । ती कार्यमा स्वास्थ्य सावधानी अपनाइएन । जसका कारण गाउँलेहरूमा एकैचोटी कोभिडले भयावह रुप लियो । वैशाख २४ गते लिइएको पछिल्लो पिसिआर परीक्षणको नतिजा २८ गते आउँदा त्यहाँका २१ जनामा कोभिड पोजेटिभ देखिएको थियो । थप ६१ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ रिपोर्ट आउन बाँकी ।

गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार सामाजिक रीतिरिवाज मान्ने क्रममा ख्याल नपु¥याउँदा मानव स्वास्थ्यमा गम्भिर समस्या देखिएको हुँदा रोकथामका लागि प्रयास भने जारी राखेको बताउनुभयो ।

प्रकोप प्रभावित झोवाङमा सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि, आमा समूह, युवा क्लबको सक्रियतामा घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका र मातहातका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकमा अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ । अत्यावश्यक र स्वास्थ्य सेवालाई भने उच्च प्राथमिकतामा राखेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । अहिले झोबाङ गाउँ पूरै सिल गरिएको छ । गाउँ छिर्ने पाँच नाका समेत बन्द गरिएको छ ।

पछिल्लो दिनमा माथि उल्लेखित यी घटना त केवल नमूना उदाहरण मात्र हुन् प्रदेशका विभिन्न जिल्ला र स्थानमा कोरोना सङ्क्रमण बढ्नुमा यिनै सामाजिक तथा सांस्कृतिक कार्यक्रम प्रमुख कारणका रुपमा देखिएका छन् ।

यस वर्षको पात्रोमा वैशाख महिनाको १०, ११, १७ र २४ गते विवाह लगायत शुभकार्यका लागि उत्तम दिन मानिएको थियो । सोही अवसरमा बढी मानिसको जमघट हुनुको साथै भोजभतेरमा सहभागी बनेको पाइएको थियो भने जेठ महिनाका ७, ८, १०, १५, २०, २१ र २२ गते विवाहका लग्न तथा ९ र ५ गते ब्रतबन्ध मुहुर्त तथा बुद्ध जयन्ती र गणतन्त्र दिवस समेत परेको कारण कोरोना सङ्क्रमण बढ्ने सम्भावनालाई ध्यान दिएर यस्ता पर्वमा सरोकारवालाको विशेष ध्यान जानु जरुरी देखिएको छ ।

धार्मिक तथा सामाजिक संस्कारमा विगतको जस्तै जमघट हुने बाजा गाँजा, नाचगान सहित रमाईलो गर्दा कोभिड सङ्क्रमण छिटो पैmलिने हुँदा त्यसबाट सजक बन्नुपर्ने र जोगिनका लागि नेपाल सरकारले जारी गरेका प्रत्येक स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने नागरिक अभियन्ता रामबहादुर पौडेल बताउनुहुन्छ ।

“सानो झिल्को आगोले बन जङ्गल सखाप पारे जस्तै भेला तथा जमघटले विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण बढाउने हुँदा सबै पक्षले सतर्कता अपनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “कर्मकाण्ड गर्ने पण्डितदेखि जनप्रतिनिधि, प्रशासन र नागरिक समाजले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नेतर्फ समयमा नै सोच्नु अपरिहार्य छ ।”

मानव अस्तित्वमाथि नै संकट देखिने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रत्येक व्यक्ति सचेत र सतर्क हुनुपर्नेमा जोड दिँदै उहाँले आफ्ना टोल तथा छिमेकमा त्यस्ता गतिविधि सञ्चालन गर्न निरुत्साहित गनुपर्नेमा जोड दिनुभयो । उलङ्घन गरेको पाइएमा तत्काल प्रशासनलाई जानकारी दिएर नागरिकको दायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो ।

सिमित स्रोत साधनको बाबजुद कोरोना सङ्क्रमण नियन्त्रणमा सरकारले पहल गर्दागर्दै पनि केही गरेन भनेर सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभन्दा सङ्क्रमण पैmलाउन सघाउने धार्मिक एवं सास्कृतिक कार्यक्रममा हुने जमघटलाई रोक्न तथा स्वास्थ्य मापदण्ड अपनाउने तर्फ सबै सचेत बन्नुपर्नेमा नागरिक अभयन्ताको जोड छ ।

प्रदेशमा कोरोनाबाट मंगलवार एक हजार ६३५ जनाको परीक्षण गरिएकोमा ९५९ जनामा संङक्रमण पुष्टि भएको छ भने ४२९ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनदेखि आइसियुसम्मका बिरामी निको भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रजक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशमा सङ्क्रमणबाट सोमवार २४ जानाले ज्यान गुमाएका थिए भने मङ्गलबार गण्डकी प्रदेशमा मृत्यु दर घटेको छ जसमा १५ जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अघिल्लो दिन सबैभन्दा बढी कास्कीमा आठ जनाको ज्यान गएका थिए भने दोस्रो दिन भने दुई जनाको मृत्यु भएको थियो । मङ्गलबार पोखराका विभिन्न अस्पतालमा नौ जनाको मृत्यु भएको थियो । त्यसै गरि मुस्ताङ अस्पतालमा दुई, नवलपरासी पूर्वको अस्पतालमा एक, बाग्लुङ अस्पतालमा एक, तथा तनहुँ र नवलपुरमा होम आइसोलेशनमा एक । एक जना गरी पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनाको कोरोनाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width