पोखरा । पोखराका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपलिका शिक्षा महाशाखाले मंगलबार सूचना निकालेर कोरोना महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ ।
पोखराका कतिपय निजी स्कुलहरुले यसअघि नै वार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् । वार्षिक परीक्षा सञ्चालन गरेका स्कुले शुल्क उठाइसकेका छन् । बाँकी स्कुलले परीक्षाका बेला शुल्क उठाउने गौंडो कुरेर बसेका थिए । ती निजी स्कुलहरु भने मर्कामा पर्नेछन् । त्यसो त सरकारी स्कुलहरुमा पनि अंग्रेजी कक्षाका नाममा शुल्क उठाउने गरिएको छ । निजी स्रोतका शिक्षकको तलब खाने बाटो पनि यही नै हो ।
महानगरले शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्णय भएकाले सोही बमोजिम गर्न समेत महानगरले विद्यालयका नाममा सूचना जारी गरेको छ ।
कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१