पोखरा । मनै रमाउने खुला ठाउँ । सुविधासम्पन्न भवन । भवनमात्र होइन अत्याधुनिक स्विमिङ पुलसहित पर्याप्त खेल मैदान । परैबाट हेर्दा ५ तारे होटेल झैं लाग्ने । यो दृश्य हो पोखराको फिस्टेल एकेडेमीको ।
गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ । त्यसो त गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा नाम दर्ज गरिसकेको छ फिस्टेल एकेडेमीले । फिस्टेलका संस्थापक निर्देशक चिनु रानाभाटलाई यतिले चित्त बुझेन ।
विद्यालयस्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न सहरमा जाने गरेको उनले देख्दै आएका हुन् । मनमा प्रश्न उठ्थ्यो, यी विद्यार्थीलाई पोखरामा रोक्न सकिँदैन र ? अनि अन्य सहरका बालबालिकालाई पोखरा तान्न सकिँदैन र ? भन्छन्, ‘विकसित मुलुकहरुका विद्यालय हेर्ने मौका पाएँ, त्यहाँका विद्यालयका तुलनामा हामीले केही गरेकै रहेनछौं, मलाई तिनै स्कुलको अनुशरण गर्न मन लाग्यो ।’ १५ वर्ष अगाडि नै किनेको जग्गा थियो । त्यही जग्गामा अहिले १ अर्ब लगानी गरेर भौतिक र अन्य संरचना निर्माण भइरहेको छ ।
माछापुच्छ्रेजस्तै उचाइ बनाएको फिस्टेललाई अझै उँचो बनाउने सोच उनमा पलायो । उनको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक सत्रसँगै अब उनले नयाँ अवधारणासहित सञ्चालन गर्दै छन्, उही फिस्टेल एकेडेमीलाई ? उनले भने, ‘२१ औं शताब्दीको यो परिवेशमा स्तरीय शिक्षाका लागि अब पोखरा छाड्नुपर्ने बाध्यताको अन्त्य गर्दै अभिभावकको अपेक्षालाई सम्बोधन गर्ने विश्वास म दिलाउँछु ।’ साहसिक खेल र यहाँको मनोरम प्राकृतिक छटाकै कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा ।
स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ । मनिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा विदेशबाट समेत चिकित्सा विज्ञान अध्ययन गर्न आउँछन् । एउटा अभाव थियो अन्तर्राष्ट्रियस्तरको विद्यालय । अब त्यो अभाव पनि पूरा गरेको छ फिस्टेल एकेडेमीले ।
सरकारी तबरबाट निर्धारित कोर्स त पढाइ हुन्छ नै । तर विद्यार्थीका लागि त्योमात्र पर्याप्त हुँदैन । उनीहरुलाई जीवनोयोगी ज्ञान चाहिन्छ । अनि कतिपय विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि उसले अवसर खोजिरहेको छ । यसका लागि कुनै पनि कसरी राखिँदैन भन्छन् संस्थापक निर्देशक रानाभाट । उनले भने, ‘आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न हामी सदैव प्रयासरत रहन्छौं ।
फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ । सक्षम तथा तालिमप्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताए । ‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तबरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक कर्मचारी र सोही अनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उनले भने । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उनले बताए ।
बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावटमात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।
वातानुकूलित र फराकिला कोठा छन् । जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी अलग्गै छ । अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हलसमेत बनाइएको रानाभाटले बताए । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउने क्रममा छ । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ ।
गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।
फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अगाडिको लाइनमा पर्छ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेत रहनेछ । ठूला भवन र कोठा मात्र होइन स्वच्छ वातावरणका लागि खुला ठाउँ पनि चाहिन्छ । यसका लागि पर्याप्त ठाउँ छाडिएको र प्रत्येक कक्षा कोठाको बाहिर आवागनमा लागि उस्तै गरी धेरै ठाउँ राखिएको छ । रानाभाटले भने, ‘वातावरणीय प्रदूषणबाट मुक्त नितान्त कोलाहलरहित वातावरणमा हामीले शिक्षा प्रदान गर्नेछौं ।’
त्यतिमात्र कहाँ हो र ? हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भर्याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वासथ्यकर्मी पनि रहनेछन् । आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक चिनु रानाभाट बताउँछन् । फिस्टेलमा यसै वर्षबाट साइन्समा ११/१२ को कक्षासमेत सञ्चालन हुँदै छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१