पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई कानुन व्यवसायीहरुले तत्कालै सांसद पदबाट राजीनामा नदिन सुझाव दिएका छन्।
नेता नेपालको निवास कोटेश्वरमा भएको छलफलमा कानुन व्यवसायीहरुले अहिले नै राजीनामा दिइहाल्नु आवश्यक नभएको बताएका हुन्।
सरकार निर्माणमा देखिएको जटिलता, राजीनामा दिँदा के हुन्छ वा त्यसको विकल्पमा के गर्ने भन्ने विषयमा छलफल गर्न नेता नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा, डा। टीकाराम भट्टराई र गोविन्द बन्दीलाई छलफलका लागि बोलाएका थिए।
‘उहाँहरु राजीनामा दिने भनेर तयारी अवस्थामा नै हुनुहुन्छ,’ भट्टराईले भने, ‘हामीले अहिले नै राजीनामा नदिनुुस्, पार्टीभित्र नै संघर्ष गर्नुस् भनेका छौं।’
संविधानको धारा ७६ (२) को प्रक्रियामात्रै अहिले शुरु भएको र यसअघि अन्य प्रक्रिया बाँकी नै रहेको भन्दै उनले अहिले नै राजीनामाको विकल्पमा जान नहुने सुझाव दिएको बताए।
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसला अनुसार २०७५ जेठ २ गतेमा पुगेर फेरि सहमति हुने सम्भावना पार्टीभित्र भएमा सहमति गर्न पनि कानुन व्यवसायीहरुले सुझाव दिएका छन्।
‘संविधानको धारा ७६ को (२) सरकार नबन्दा उपधारा ३ अनुसार बनेर एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा ७६ (५)मा सरकार बन्ने र उक्त अवस्थामा दलीय समर्थन नचाहिने अनि ह्विप पनि नलाग्ने सुझाव दिएका छौं,’ उनले भने।
धारा ७६ को उपधारा (५) मा दलको ह्विप लाग्छ कि लाग्दैन र दलीय सहमति आवश्यक पर्छ कि पर्दैन भनेर नेपालले जिज्ञासा राखेका थिए। ५ वर्षका लागि जनताको प्रतिनिधि भएर चुनिएर आएकाले अहिले नै जनप्रतिनिधि विहिनको अवस्था आउँदा त्यसले राम्रो सन्देश नजाने भएकाले नहतारिन कानुन व्यवसायीले सुझाएका हुन्।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१