पोखरा । पार्टीको निर्देशन नमान्ने र संसदीय दलको ह्वीप समेत उल्लंघन गर्ने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ ।
गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई कुनै हालतमा समर्थन नगर्ने पक्षमा जनमोर्चा रहे पनि गण्डकीका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय उल्लंघन गरेका थिए ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले पार्टीकाे निर्णय नमान्नेलाई स्पस्टीकरण साेध्नु सामान्य प्रक्रिया रहेकाे बताए । प्रदेश कमिटीले सिफारिस गरे अनुसार नै स्पस्टीकरण साेधिएकाे उनको भनाइ थियो । समयअवधिबारे भने उनले केही खुलाएनन् ।
कांग्रेका कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने प्रयास भइरहँदा जनमोर्चाका २ सांसदले सही गरे पनि थापा भने कुनै हालतमा नगर्ने बरु पार्टीको कारवाही भोग्न तयार रहेको बताएका थिए ।
पार्टीको गण्डकी अध्यक्ष शंकर बरालले सांसद थापालाई स्ष्टीकरण सोधिनु स्वभाविक प्रक्रिया रहेको बताए । उनले भने, ‘उहाँ पार्टीको सांसद हो, स्वतन्त्र सांसद होइन, मुद्दाको वारेस पाएँ भनेर आफूलाई सर्बेसर्बा ठान्न त भएन नि ।’
आफूले हिजो १ घन्टासम्म बसेर सम्झाउँदासम्म नमानेपछि कारवाहीका लागि लेखी पठाएको र त्यही अनुसार कारवाही प्रक्रिया अगाडि बढ्नु स्वभाविक प्रक्रिया रहेको उनको भनाइ थियो ।
सांसद थापालाई आजै सांसद पदबाट हटाएर सो को जानकारी संसदमा गराउने तयारी पनि भइरहेको बताइएको छ ।
उनीमाथि कारवाही भयो र सांसद पद गयो भने संसदमा सदस्य संख्या ५९ हुन्छ । जसका कारण कृष्णचन्द्र नेपाली पोखरेलका पक्षमा वहुमत पुग्छ ।
आजै संसद पद खारेज नभएर मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनर्नियुक्ति पाए पनि एक महिनाभित्रमा विश्वासकाे मत लिन भने उनलाई सकस पर्ने छ ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि बहुमतीय सरकार बनाउनका लागि प्रदेश प्रमुख सीताकुमारी पाैडेलले आज दिउँसाे ४ बजेसम्मको समय दिएकी छन् ।
त्यतिबेलासम्म ३१ जनाको समर्थन सहितको पत्र लिएर गएमा मात्र पाेखरेलले नियुक्ति पाउनेछन् ।
नत्र संविधानकाे धारा १६८ काे ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलाे दलको नेताका हैसियतमा गुरुङले नै नियुक्ति पाउनेछन् । उनले १ महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१