टोकियो । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन हुनुभएको छ ।
समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।
समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गर्नुभयो । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस
—
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
बंगलादेशी प्रधानमन्त्री हसिनाले छाडिन् देश, अन्तरिम सरकार बनाउने घोषणा
प्रवासी नेपाली मञ्च युके साउथ वेस्टमा प्रमिश
कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१