कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ÷छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।
निर्देशक डा खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई÷दुई, हुम्ला, मुगु र डोल्पामा एक÷एक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ । त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक÷एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ ।
त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एक÷एक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको उहाँले बताउनुभयो । त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एक÷एक गरी छ जना सिफारिस गरिएको छ ।
निर्देशक डा खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुई÷दुई गरी १५ जना सिफारिस गरिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक÷एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ । प्रदेश सरकारले असोज ८ गते सेवा करारका लागि गरेको विज्ञापनमा विभिन्न ढिलाइ भए पनि हालै सिफारिस गरिएको जनशक्तिले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताउनुभयो ।
“स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावले धेरै अस्पतालको कार्यले गति लिन सकेको थिएन”, प्रवक्ता केसीले भन्नुभयो, “अहिले प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।” यो जनशक्तिले बिरामीको उपचार तथा सङ्क्रमण नियन्त्रण गर्न सघाउने पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस
–––
Related News
सम्बन्धित समाचार
सभामुखकाे निर्देशनपछि सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक
गणेशमान फाउन्डेसनको सम्मान, वर्तमानलाई टेकेर भविष्य हेरौंः पूर्व सभामुख ढुंगाना
गण्डकी सरकारको प्रवक्तामा डा. टकराज गुरुङ
पेन्सन क्याम्पमा भारतको गणतन्त्र दिवस
मुक्तिनाथमा नेपाली सेनाले बनायो दर्शनार्थीमैत्री विश्रामस्थल
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१