स्याङ्जा । निषेधाज्ञाको तेस्रो दिन बिहीबार पनि स्याङ्जा सुनसान बनेको छ । कोरोनाको संक्रमण बढ्दै गएको जनाउँदै प्रशासन कार्यालयले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका प्रमुख बजार फेदीखोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ बजार प्रायः सुनसान छन् । राजमार्गभित्र पर्ने ६ पालिकामा पनि निषेधाज्ञाको प्रभाव परेको छ । अत्यावश्यक बाहेकका पसल खुलेका छैनन्। विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । न्यून कर्मचारीको उपस्थितिमा मात्र सरकारी कार्यालय खुलाइएको छ । बैंक तथा वित्तीय संस्थामा पनि मानिसकोआवतजावत कम छ । चोकचोकमा बसेका सुरक्षाकर्मीले निगरानी एवं चेकजाँचमा कडाइ गरेका छन् ।
सिद्धार्थ राजमार्ग भई जिल्ला बाहिरिने गाडीले निषेधित क्षेत्रमा यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।
कोरोना संक्रमणको त्रास बढेसँगै बजार क्षेत्रका बासिन्दाले सर्तकता अपनाएको देखिन्छ । अघिल्लो पटकभन्दा यसपटक जटिल अवस्था जस्तो लागेको छ । समयमै होसियार बनी स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेमा संक्रमणबाट बच्न सकिन्छ भन्छिन्, व्यवसायी संगीता पौडेल । प्रशासनले पनि निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन, गोष्ठी, तालिम, सभा, सम्मेलन सेमिनार, मानिसको भीडभाड गर्न निषेध गरेको छ । प्रशासनले एम्बुलेन्स, दमकल, शवबाहन, अत्यावश्यक खाद्यसामग्री तथा पशुपंक्षीका दाना, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी काममा प्रयोग हुने सरकारीसाधन, प्रेसका सवारी साधनलाई रोकावट गरेको छैन ।
सिद्धार्थ राजमार्ग भई जिल्ला बाहिरिने यात्रुबाहक सवारीसाधनको हकमा निषेधित क्षेत्रमा यात्रु चढाउन र ओराल्न पाइने छैन । साथै विवाह, ब्रतबन्ध एवं अन्य संस्कार घरमै सञ्चालन गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई २५ जना भन्दा बढी सहभागी नगराउन आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जारी निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानून बमोजिमको सजाए गरिने बताए । दोस्रो चरणको कोरोना संक्रमणपछि स्याङ्जामा बुधबार साँझसम्म संक्रमितको संख्या ३ सय ३१ पुगेको छ । तीमध्ये २ सय ९८ जना होम आइसोलेसन र ११ जना क्वारेन्टाइनमा बसेका छन् । विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा २२ जना उपचाररत रहेको र कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१