पोखरा । प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल थप कोरोना संक्रमित भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार बुधबार उपचाररत संक्रमितको संख्या ५३ पुगेको छ । ५० बेडको तयारी गरेर स्थापना गरिएको अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै आफूहरुलाई गाह्रो परेको उनले बताए ।
‘हाम्रो क्षमता ५० बेडको हो, ५३ जनासम्म जसोतसो मिलाएर राखेका छौं,’ उनले भने, ‘आज पनि १० वटा फोन आएको थियो, मिल्दैन भनें, मेरै आफ्नै नातदार बिरामी पनि राख्न सकिनँ ।’ डा. गौचनको आफन्त पनि कोरोनाकै कारण अक्सिजन दिनपर्ने अवस्थामा पुगेको भनाइ छ । संक्रमित भर्ना हुने दर बढेसँगै कर्मचारी अभावका कारण बिरामी हेरचाहमा समय मिलाउन नसकिएको उनले दुखेसो गरे । ‘हामीले कर्मचारी अभावबीचमा काम गरिहेका छौं, बाहिर दिनानुदिन बढिरहेको छ,’ डा. गौचनले भने, ‘यस्तो बिजोग छ, यस्तो दिनको त कल्पना नै गरिएको थिएन ।’ कोरोना संक्रमितको उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पतालले अरु अस्पतालसँग पनि समन्वय गरिरहेको छ । जटिल खालका बिरामीलाई तत्काल रिफर गर्ने पनि गरिरहेको छ ।
१५ जनालाई हेर्ने कर्मचारीले ५३ जनालाई रेखदेख गर्न परेको छ
स्थापना हुँदाताका १५ जनामात्र बिरामी राखेर उपचार गर्ने गरी सञ्चालन गरिएको अस्पताल दरबन्दीका कर्मचारीले ५३ जना संक्रमित हेरचाह गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘१५ जनालाई हेर्ने कर्मचारीले ५३ जनालाई रेखदेख गर्न परिरहेको छ,’ उनले भने, ‘हामीले कसरी सेवा दिइरहेका छौं होला? तपाईंले कल्पना गरेभन्दा भयावह छ ।’ अहिलेको अवस्थामा पनि ५० जना कोरोना संक्रमित बिरामी हेर्न अस्पतालमा सबै गरेर ८४ जना कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । तत्कालका लागि २० जना डाक्टर चाहिनेमा १० जना र ३५ जना नर्स आवश्यक हुने भए पनि ६ जना नर्सले काम चलाएको उनले उल्लेख गरे । त्यसका साथै प्रयोगशालामा ८ जना कर्मचारी हुनुपर्नेमा ३ जना, फार्मेसी, एक्सरे र अहेब ४÷४ जना आवश्यक पर्नेमा क्रमश ३, २ र १ जनामात्र रहेको डा. गौचनको भनाइ छ । बायोमेट्रिक इन्जिनियर, रेकर्डर, आइटी र स्टोर हेर्ने कर्मचारी अझै भर्ना नै भएका छैनन् । १५ जना कार्यालय सहयोगी आवश्यक पर्ने अस्पतालमा ४ जनाले काम चलाइरहेका छन् । ‘अहिलेको अवस्थामा हामीलाई यति भए काम गर्न सहज हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १ बेडमा १ सिफ्टमा ४ जना नर्स आवश्यक पर्छ ।’ कर्मचारी कम भएको जानकारी बेलाबेलामा सामाजिक विकास मन्त्रालयमा गराइरहेको उनले बताए । ‘यो विषयमा हाम्रो तालुकवाला निकायमा कुरा राखिसकेका छौं,’ उनले भने, ‘छलफल भइरहेको छ । संस्थाको संगठन र व्यस्थापनको प्रक्रिया लामो भएको हुनाले नियुक्ति गर्न समस्या भएको हो ।’ अस्पतालले सिधै कर्मचारी भर्ना गर्न पाउने भए यो अवस्थामा सजिलो हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कर्मचारी भर्ना प्रक्रिया अगाडि बढिसकेको जानकारी दिइन् । अस्पतालले कर्मचारी अभाव भएको सूचना दिएलगत्तै आफूहरुले तयारी थालेको उनको भनाइ छ । ‘हामीले ७ दिने सूचना निकालिसकेको छौं,’ उनले भनिन्, ‘बिहीबार त्यसको म्याद सकिन्छ अनि भर्ना गरेर काम सुरु गर्छौं ।’ कर्मचारी अभावकै कारण जनताको स्वास्थ्य सुरक्षामा कुनै कमी नहुने उनले स्पष्ट पारिन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१