पोखरा । निषेधाज्ञा छल्न गाउँ फर्कने तयारीमा रहेका विद्यार्थी बोकेर पृथ्वीचोकस्थित बसपार्कमा छोड्न हतार थियो, ट्याक्सीचालक शिव आचार्यलाई । गाउँ पुग्ने बस छुट्छ कि भनी हतारमा यात्रुले मास्क लगाउन भुलेछन् । सधैँ मास्क नछुटाउने शिवको ट्याक्सीमा बिहीबार नै मास्क सकिएछ ।
तैपनि शिवले यात्रुलाई मास्क लगाउन सुझाए । पृथ्वीचोकमै पुगेर किन्ने भनेपछि ट्याक्सी त्यतातिर हुइँकियो । कास्की प्रशासनको निषेधाज्ञाले जोरबिजोर प्रणाली अनुसार नै ग१ज १६७६ नम्बरको ट्याक्सी चलाएका थिए, उनले । यत्तिकैमा पृथ्वीचोकैमा ट्राफिकले ट्याक्सी रोक्न संकेत ग¥यो । ‘ट्राफिक नियम ठिकठाक पालना भएकै थियो तैपनि किन रोकेको होला ?’ शिव अल्मलिए ।
त्यतिकैमा आवाज आयो, ‘कोरोनाको बेला मास्क तपाईंले मात्र लगाएर हुन्न, यात्रुले पनि लगाउनुपर्छ ।’ उनले मनमनै गमे, ‘अघि मैले लगाउनुस्भन्दा लगाएको भए, अहिले फस्ने थिइनँ ।’
त्यत्तिकैमा ट्राफिकले यात्रुलाई मास्क दिन भ्याए । र, सुझाव दिँदै भने, ‘अब बाहिर हिन्दा जहिले पनि मास्क लगाउने गर्नुस् ।’ ट्याक्सी चलाउँदा आफू र यात्रु सबैले मास्क लगाउनुपर्ने प्रहरीको सुझाव थियो ।
कोभिड–१९ का कारण नेपालमा एकै दिन ३५ जनाको मृत्यु भएको छ
सधैँ ट्राफिक कारबाहीमा सक्रिय रहने ट्राफिक प्रहरीको यस्तो व्यवहार देखेर शिव आचार्य त्यसदिन चकित बने । सधैँ यस्तै व्यवहार भए राम्रो हुने आचार्यको भनाइ छ । ‘पहिला रोक्ने बित्तिकै सधैँ चिट काट्नुहुन्थ्यो,’ आचार्यले भने, ‘आज त उहाँहरुको व्यवहार देखेर साह्रै खुसी लाग्यो ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कास्कीमा बिहीबारदेखि ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरेको छ ।
कोरोनाको दोस्रो भेरियन्ट बढेकोले नियन्त्रणका लागि ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ नारा सहित अभियान सुरु गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए । ‘महामारी नियन्त्रण गर्नु सचेत नागरिकको दायित्व हो,’ उनले भने, ‘हाम्रो सहयोगले केही भए पनि कोरोना नियन्त्रणमा होला भनी अभियान सुरु गरेका हौं ।’
कास्कीमा निषेधाज्ञा सुरु हुनुअघि नै कोरोना नियन्त्रणका लागि विभिन्न अभियान चलाएको बस्नेत बताउँछन् । मास्क नलगाउने चालक र यात्रुलाई वैशाख ११ मा सचेतता अभियान चलाइएको थियो । तपाईको मास्क खोई ?’ अभियान वैशाख २१ सम्म चल्नेछ ।
निषेधाज्ञाको पहिलो दिन बुधबार नमस्कार गरेरै सबैलाई मास्क लगाउन अनुरोध गरिएकोमा बिहीबार मास्क नै वितरण गरिएको हो । आफूहरु ड्युटीमा खटिँदा ९५ प्रतिशत चालक तथा यात्रुले मास्क प्रयोग गरेको पाइएकोे उनले जनाए ।
कास्कीमा जोरविजोर प्रणाली नमान्ने करिब ३ सय सवारीसाधन ‘होल्ड’ गरेको छाडिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले बताए ।
‘बुधबार २ सयभन्दा बढीलाई होल्ड गरेर बेलुका छाडियो । बिहीबार यो संख्या घटेर १ सयको हाराहारीमा पुगेको छ,’ उनले भने, ‘अहिले सम्झाएर छाडेका छौं, जिल्ला प्रशासनबाट कारबाही गर्ने भनेमा कारबाही नै गर्छौ ।’
यसैबीच, गण्डकी प्रदेशका ११ जिल्लामा बिहीबारसम्म १० हजार १ सय ७२ सवारी चेकजाँच गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेशमा २० हजार ३ सय ५३ जनालाई सम्झाइ बुझाइ छाडिएको र ८ हजार ६ सय २९ को संख्यामा मास्क वितरण गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए । प्रदेशमा ३१ जना सवारी चालकलाई कारबाही गरिएको शाहीले जनाए ।
कास्कीमा एकै दिन ७९ संक्रमित
कास्कीमा बिहीबार थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा मात्र ७९ जनामा संक्रमण पुष्टि भएको हो । साथै प्रदेशभर १ सय १२ जना संक्रमित थपिए ।
४ सय ४२ जनाको कोरोना परीक्षण गरिएकोमा कास्कीमा ७९, नवलपुरमा १५, तनहुँमा ५, बागलुङ र स्याङ्जामा ४÷४, लमजुङमा २ साथै गोरखा, पर्वत र म्याग्दीमा १÷१ मा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशमा बुधबारसम्म १ हजार ३ सय ४० सक्रिय संक्रमित छन् ।
गण्डकीमा बिहीबार थप २ जना संक्रमितको मृत्यु भएको छ । पोखरा १४ का ४३ वर्षीय पुरुषको उपचार क्रममा मेडिप्लस अस्पतालमा ज्यान गएको हो । उनलाई वैशाख ७ मा संक्रमण देखिएको थियो ।
पोखरा ७ की ८९ वर्षीया कोरोना संक्रमित महिलाको घरकै मृत्यु भएको छ । उनलाई वैशाख ८ मा संक्रमण पुष्टि भएको जनाइएको छ । गण्डकीमा कोभिड–१९ बाट २ सय २१ जनाको मृत्यु भइसकेको छ ।
नेपालभर बिहीबार थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पिसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् ।
संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१