पोखरा । अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बिउ पुँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपांग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलो पटक अति विपन्न तथा असक्त १५ परिवारलाई ३ सय वटा चल्ला वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको १ लाख ६० हजार आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०÷२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा संघका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त (बाग्दास) ले जानकारी बताए ।
विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपांगगता भएका व्यक्तिलाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ लाग्नु पर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा कष्टकर जीवन विताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपांगता भएका व्यक्तिलाई बिउ पुँजी अन्तर्गत कुखुराका चल्ला वितरण गर्दै बिउ पुँजीको संरक्षण गरी थप आयआर्ज गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपांग व्यक्तिले अपांगता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागिलाई अनुरोध गरे । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङ लगायतले समाजमा अपांगता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१