सन्ततिको स्याहार खोज्छन् बुवाआमा

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
anandit griha (2)

पोखरा । अचेल गाउँघर शून्यप्रायः छन् । मात्र बुढाबुढी भेटिन्छन् । छोराछोरीबारे वृद्ध बाबुआमासँग जिज्ञासा राख्दा अधिकांशबाट आउने उत्तर हुन्छ–अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडालगायत खाडी मुलुक ।

ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने छोराछोरी गरिबीका कारण, अध्ययन, रोजगारी वा विविध कारण विदेशिएका छन् । स्वदेशमै भएका छोराछोरी पनि आफ्नो कार्यव्यवस्ताले समय दिन भ्याउँदैनन् । सानोमा दुःखजेलो गरी हुर्काएका बाबुआमाको बुढेलकालमा छोराछोरीबाट स्याहार पाउनुपर्नेमा सो अभावले उनीहरुके जीवन कष्टकर, दुखदायी र निस्सार बन्दै गएको पाइन्छ ।

यही तथ्यलाई मनन गर्दै आनन्दित गृह नेपालले ज्येष्ठ नागरिक स्याहारकर्ता आधारभूत तालिम चलाएको छ । पोखरामा ४ दिनसम्म चलेको तालिममा कास्कीमा सञ्चालित विभिन्न वृद्धाश्रम, ज्येष्ठ नागरिक स्याहार केन्द्र, आश्रमका सञ्चालक तथा स्याहारकर्ताको सहभागिता थियो ।

ज्येष्ठ नागरिकलाई स्याहार प्रक्रियामा सकारात्मक परिवर्तन ल्याई आमाबाबुको र स्याहारकर्ताको मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएके आनन्दित गृह नेपालका अध्यक्ष डा. यज्ञमान शाक्यले बताए । ‘बुढेसकालमा छोराछोरीबाट स्याहार पाउनुपर्नेमा अचेल त्यस्तो अवस्था छैन । अधिकांश विदेशिएका छन् । भएका पनि कामकाजी छन् । बाबुआमाको उचित स्याहारसुहार छैन,’ डा शाक्यले भने, ‘त्यसलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकको मनोभावना बुझी उनीहरुको कसरी स्याहार गर्ने, जीवनलाई कसरी सहज बनाउने, खानपीनमा के कस्तो ध्यान दिने विषयमा तालिम दिएका हौं ।’

ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश अध्यक्ष कुसुमकेशव पराजुलीले कोभिड–१९ को महामारीमा ज्येष्ठ नागरिक बढी जोखिममा रहेको उल्लेख गर्दै उनीहरुको आवश्यक सुरक्षामा जोड दिन्छन् । छोराछोरीले बाबुआमालाई देवता सम्झेर हेरचाह गर्नुपर्ने उनको सुझाव छ ।

पछिल्लो जनगणना अनुसारमा नेपालमा २५ लाख ज्येष्ठ नागरिक छन्

तालिम समापनमा विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य भीमलाल लामिछाने, हरिहर आश्रमका सञ्चालक रामजीप्रसाद अधिकारी, मानव सेवा आश्रमका अभिभावक मदनबहादुर थापा, प्रशिक्षक पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रशिक्षार्थी कुमारी कुमाल लगायतले ज्येष्ठ नागरिकको स्याहार सुहारमा ध्यान दिनुपर्नेमा बोलेका थिए ।

तालिमका सहजकर्ताहरुमा मानसिक रोग विशेषज्ञ डा. लीपा वैद्य, डाइटिसियन विद्या कायस्थ, आनन्दित गृह नेपालका उपाध्यक्ष डा. पदम खड्का, सचिव रोमा शाक्य, सल्लाहकार सकुनसिंह रानाभाट, पत्रकार सुष्मा पौडेल, स्वास्थ्य कार्यकर्ता नरबहादुर सारु, सम्झना आचार्य, विद्या बास्तोला, मनिषा गुरुङ, कल्पना श्रेष्ठ थिए । गत वैशाख ९ देखि चलेको तालिममा २३ जना सहभागिता थियो ।

२०६८ को जनगणना अनुसार नेपालमा करिब २५ लाख ज्येष्ठ नागरिक छन् । कास्कीमा ज्येष्ठ आश्रम १२ वटा दर्ता रहेकामा ६ वटा सञ्चालनमा छन् । जसमा मानव सेवा आश्रम, पोखरा वृद्धाश्रम, वात्स्यायन वृद्धाश्रम, हरिहर गुफा लगायत हुन् ।

ज्येष्ठ नागरिकको अधिकारको संरक्षणका लागि नीतिगत, संस्थागत र कार्यक्रमगत व्यवस्था विद्यमान रहेका छन् । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । ज्येष्ठ नागरिक ऐन २०६३, ज्येष्ठ नागरिक नियमावली, सामाजिक सुरक्षा ऐन २०७५ रहेको छ ।

मानिसको उमेर ढल्किदै गएपछि डिमेन्सिया, पार्किन्सन, प्यारालाइसिस, उच्च रक्तचाप, दम मुटुको रोग, निद्रा नलाग्ने, पाठेघर खस्ने, ग्यास्टिक लगायत रोगले बढी आक्रमक गर्दै जाने चिकित्सक बताउँछन् । त्यसबेला स्याहारसुसार, पारिवारिक स्नेह, माया ममता र सम्मान खाँचो पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width